Advertisement

Day: २०८३ श्रावण ५, मंगलवार १६:३३

पत्रकारमाथि सामाजिक सञ्जालबाट चरित्रहत्या र भ्रम फैलाएको भन्दै महासंघको आपत्ति

पत्रकारमाथि सामाजिक सञ्जालबाट चरित्रहत्या र भ्रम फैलाएको भन्दै महासंघको आपत्ति

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गरेकै आधारमा व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ बझाङ शाखाले प्रेस विज्ञप्ति जारी गर्दै साइपाल खबर डटकममा २०८३ असार ३१ गते प्रकाशित ‘शतारात १० लाखको भत्ता काण्ड’ शीर्षकको समाचार प्रकाशित भएपछि जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले उक्त अनलाइनका प्रकाशक तथा सम्पादक भवनबहादुर सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्रहत्या, मानमर्दन तथा भ्रम सिर्जना गर्ने प्रकृतिका अभिव्यक्ति सार्वजनिक गरेको जनाएको छ। महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत पत्रकारमाथि व...
सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले उपचार सेवामा लगाइएको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तत्काल पुनरावलोकन गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष महा ओमराज जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्य क्षेत्रमा लागू गरिएका कर तथा उपचार सेवामा लगाइएको अतिरिक्त शुल्कले सर्वसाधारण नागरिकमाथि आर्थिक भार थपिने भन्दै त्यसको पुनरावलोकन गर्न माग गरेका हुन्। महासंघले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उपचार सेवाको लागत बढाउने कुनै पनि नीति नागरिकमैत्री हुन नसक्ने जनाएको छ। ध्यानाकर्षण पत्रमा क्यान्सर, मिर्गौला, मुटु, मधुमेह तथा उच्च रक्तचापलगायत दीर्घरोगबाट पीडित बिरामीहरू नियमित उपचारमा...
आज सुदूरपश्चिम सहित ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम सहित ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- आज पनि देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले बिहान देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। सबैभन्दा बढी झापाको अ...
विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। सिरिजमा आयोजक नेदरल्यान्ड्ससहित नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। आठ टोली सहभागी लिग-२ को तालिकामा पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनोटमा पुग्न आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै आफ्नो स्थिति सुधार गरेको थियो। घरेलु सिरिजअघि सातौँ स्थानमा रहेको नेपाल अहिले पाँचौँ स्थानमा पुगेको हो। नेपालले नेदरल्यान्ड्समा पनि घरेलु मैदानको लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ। नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज