Advertisement

दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

Advertisement

धनगढी : गत चैत ११ गते कैलालीको कैलारी गाउँपालिकास्थित भर्री चोकमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाडते भएका प्रहरी जवान अनिल कमार रावलको उपचारका लागि सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम सुरु भइरहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोस्ट हसूलियामा कार्यरत रावलको दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेको थियो ।

 उनी विगत १० दिनदेखि धनगढीस्थित निसर्ग अस्पतालको भेन्टिलेटरमा मृत्युसँग लडिरहेका छन । उपचार खर्च निकै महँगो भइरहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा थ्रि स्टार इङ्ग्लिस बोर्डिड स्कुलले  सहयोगको हात अगाडि बढाएको हो ।

विद्यालयका संस्थापक गोपाल शर्मा र सञ्चालक मिरा आचार्यले शनिबार रावलको परिवारलार्ड भेट गरी तत्काल राहत स्वरूप २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन । आर्थिक सहयोगका अतिरिक्त शर्मा दम्पतीले घाइते रावलका दुई छोरामध्ये एक जना छोरालार्ड आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा १० सम्म लाग्ने सम्पर्ण विद्यालय शूल्क (भर्ना ,किताब कापी तथा मासिक शूल्क) निःशूल्क गर्ने प्रतिबद्धता जनाएका छन । हाल उनका एक छोरा कक्षा ३ मा अध्ययनरत छन भने अर्का छोरा नर्सरीमा अध्ययनरत छन ।  स्कुलले यी दुईमध्ये एक जनाको कक्षा १० सम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै संस्थापक गोपाल शर्माले भने, “ड्युटीमा खटिएका राष्ट्रसेवकको यो अवस्थाले हामीलाई निकै दुखी बनाएको छ । उहाँको जीवन रक्षाका लागि हाम्रो सानो प्रयासले परिवारलाई थोरै भए पनि राहत मिल्ने र बच्चाको भविष्य सुरक्षित हुने आश राखेको छु ।”

उपचाररत रावलको अवस्था अझै चिन्ताजनक रहेको र उनलाई बचाउन ठुलो रकम आवश्यक पर्ने देखिएकाले अन्य संघसंस्था र समाजसेवीहरूलाई पनि सहयोगका लागि अपिल गरिएको छ ।

आर्थिक सहयोगको लागि सम्पर्क ब्यक्ति र नम्बरहरु:

खातावाकाको नाम :-  Dipa Rokaya (श्रीमती)

मोबाइल नम्बर : – 9841271807

खाता न :- 4110100501042010

खाता रहेको बैंक :- राष्ट्रिय वाणिज्य बैंक

थप सम्पर्कका लागि :-

राकेश खड्का :9858488023

नरेश रोकाया : 9848576542

बिनोद रावल : 9849366877

कुमार खड्का : 9843152811

बिकास रावल : 9844103328

भारतको लागि सम्पर्क :-

ज्योती प्रकाश रोकाया :- +916360108040

कोरिया को लागि सम्पर्क

बिरेन्द्र खड्का

+821028606888

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज