Advertisement

अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Advertisement

धनगढी– अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

क्याम्पस कमिटी अध्यक्ष क. पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क. किशोर शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सह–संयोजक क. यमराज जोशी, कैलाली जिल्ला कमिटी अध्यक्ष क. कुबेर खड्का, प्रदेश कमिटी सदस्य दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगितामा क्याम्पसका विभिन्न संकायबाट गरी जम्मा २४ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान (BSc Forestry) समूह प्रथम स्थान हासिल गर्न सफल भएको छ। उक्त समूहमा नवराज मिश्र, चेतराज गिरी, खेमराज जोशी र अनिस कुमार चौधरी रहेका थिए।

त्यसैगरी, BBS तेस्रो सेमेस्टर समूह द्वितीय स्थान हासिल गर्न सफल भएको छ। उक्त समूहमा पूजा विष्ट, प्रिन्सा भण्डारी, प्रकाश अवस्थी र धीरेन्द्र सिंह गोयला रहेका थिए। BBS छैठौं सेमेस्टर समूह तृतीय स्थानमा रहँदै भागिरथी जोशी, भागिरथी बुढाथोकी, हेमन्त प्रसाद जोशी र बिनिता उपाध्यायले उत्कृष्ट प्रदर्शन गरेका थिए।

विजेता टिमहरूलाई क्रमशः नगद रु. ७,०००, रु. ५,००० र रु. ३,००० सहित प्रमाणपत्र प्रदान गरिएको सचिव दशरथ भट्टले बताएको छ।

 

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले हार्दिक आभार व्यक्त गर्दै ,अनेरास्ववियुले विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा नेतृत्व विकासमा निरन्तर क्रियाशील रहने भट्टले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज