Advertisement

तुर्माखाँदको नाडामा वडा कार्यालय भवनको शिलान्यास, विकासमा फड्को मार्दै गाउँपालिका

Advertisement

अछामको तुर्माखाँद गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिएको छ। यसै क्रममा वडा नम्बर ५, नाडामा वडा कार्यालयको नयाँ भवन निर्माणका लागि विधिवत् रूपमा शिलान्यास गरिएको छ ।

​गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आज भवनको शिलान्यास गरेका हुन् । आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्राथमिकताका साथ भवन निर्माणको कार्य अघि बढाएको हो ।

​स्थानीय स्तरबाटै सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस भवनको आर्थिक विवरण निम्नानुसार रहेको छ:

​कुल लागत अनुमान: रु १,९२,४२,३८२/-

​सम्झौता रकम: रु रु १,०७,४७,५२३/-

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी भन्छन ​”हामी चुनावी नारामा मात्र होइन, व्यवहारमै जनताको सेवामा अहोरात्र खटिएका छौँ। नाडामा बन्ने यो भवनले स्थानीय सरकारको आभास दिलाउनेछ र नागरिकलाई छिटो-छरितो सेवा प्रदान गर्न मद्दत पुग्नेछ । ” 

​शिलान्यासको क्रममा सम्बोधन गर्दै अध्यक्ष बिसीले गाउँपालिकाका अधिकांश वडामा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिएका छन । केही प्राविधिक कारणले ढिलाइ भएको वडा नम्बर ३ को भवन पनि आगामी एक वर्षभित्र निर्माण गरिसक्ने कुरा पनि उक्त कार्यक्रम मार्फत जानकारी गराएका छन्  ।

​उनले थप्दै भने “जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो। बाँकी रहेका संरचनाहरू पनि चाँडै सम्पन्न गरी हामी तुर्माखाँदलाई एक नमुना गाउँपालिका बनाउने अभियानमा छौँ।”

​नयाँ भवन निर्माण हुने भएपछि नाडाका स्थानीयबासीहरू हर्षित भएका छन्। आधुनिक सुविधासम्पन्न भवन बनेपछि जन्मदर्ता, नागरिकता सिफारिस लगायतका अन्य प्रशासनिक कामका लागि सहज हुने उनीहरूको अपेक्षा छ। निर्माण कार्यलाई तोकिएको समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न स्थानीयहरुले माग समेत गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज