ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर चारजनाको ज्यान गएको छ। बिजुलीको पोलबाट लत्रिएको तारमा जिप अल्झिएर आगलागी भएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ज्यान गुमाउनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया पत्नी सरिता पौडेल, र फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय चालक दुर्गा भट्टराई छन्।
दुर्घटनामा ललितपुरकै ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य गम्भीर घाइते भएका छन्।
घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बोलेरो जिप (ना १ च ३०११) फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा मन्दिरतर्फ जाँदै गर्दा फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटना भएको हो।

