काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध शानदार जित हासिल गरेको छ।
वाङ्खेडे स्टेडियममा चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाउँदै १५.४ ओभरमै पूरा गर्यो। जितमा कप्तान रोहित शर्माले अविजित ७६ रन तथा सूर्यकुमार यादवले अविजित ६८ रनको योगदान दिए।
चेन्नईका रवीन्द्र जडेजाले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
उसका लागि जडेजाले अविजित ५३ र शिवम दुबेले ५० रन जोडे। मुम्बईका जसप्रित बुमराहले सर्वाधिक २ विकेट लिए।
गएरातिको जितसँगै मुम्बईले ८ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। भने, पराजित चेन्नई ८ खेलबाट ४ अंकसहित अन्तिम स्थानमा झरेको छ।
त्यसअघि हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको थियो।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच इडेन गार्डेन्समा राति पौने ८ बजे खेल हुनेछ।

