धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकामा विद्युतीकरणको बिषय चर्चामा छ । दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) र एमाले नेता दल बहादुर धामी विच विद्युतीकरणको विषयलाई लिएर चर्काचर्की चलिरहेको छ। एकातिर गाउँपालिका अध्यक्ष थापा आफू नेतृत्वको टिमले विद्युतीकरणको काम गरेको भनी दावी गर्दै आएका छन् ,, भने अर्कोतिर एमाले नेता धामी आफूले विद्युतीकरणको काम गरेको भन्दै दाबी गरिरहेका छन् ।
केहीदिन यता सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको जाफ्री, बाइकाटे, छान्याखोला, सैन, दौला, चुवाबन टोलमा विद्युत लायन बिस्तारको विषयमा गाउँपालिका अध्यक्ष थापा र एमाले नेता धामी बिच आफूले गरेको काममा जस लिन खोजेको भन्दै एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै आएका छन् ।
एमाले नेता दलबहादुर धामी लाई भोलि नै प्रत्यक्ष लाइभ बहस गर्न तयार रहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराएका छन् । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।
उनलेे आफ्नो फेसबुकमा लेखेका छन्
एमालेका नेता दल बहादुर धामी ज्यु भोली पत्रकार र सरोकार बाला सहित दुर्गाथली गाउँ पालिकामा आउनु तपाइ सगँ लाइभ बैठक मार्फत विद्युत लायन बिस्तारमा कसको भुमिका के छ भने बिषय छलफल गर्न चाहान्छु भोली दुर्गाथली गाउँपालिकामा तपाईं लाइ निम्ता छ हैन भने भ्रमको राजनिती गर्न छोड्नु होस ? तपाइको प्रतिकृया पाउ आउनु हुन्छ त भोली दुर्गाथलीमा ?

एमाले नेता धामीले भोलि नै प्रत्येक्ष रुपमा बहस गर्न निम्तो दिएपछि गाउँपालिका अध्यक्ष थापालाई धन्यवाद भनेका छन्
नेता धामीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा दुर्गाथलि गाउँपालिकाको नेतृत्वकले गरेका कामहरू सबै जनतालाई प्रष्ट पार्ने मौका दिएको भन्दै धन्यवाद दिएका हुन् ।
उनले लेखेका छन् ।


