धनगढी- दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको महाकाली नगरपालिका–२ मैखोलीमा बुधबार जिप दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा मृत्युु भएको हो ।
जिपमा सवार सुशान्त भुल र सागर भुलको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप बुधबार ४ः ३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए।
जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

