धनगढी- आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट प्रतियोगिता सुरु हुनेभएको छ ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो ।
सुदूरपश्चिमका खेलाडीको खेल प्रतिभा पहिचान,क्षमता अभिवृद्धिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न लागि प्रतियोगिता आयोजना गर्नलागेको कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले बताए ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यान लाई १५ हजार, नवप्रतिभावान खेलाडी लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय रुपैयाँका साथमा ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले जनाएको छ ।
यस वर्षको प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, र बाजुराका स्थानीय तहबाट १२ वटा टिम सहभागी हुँदैछन् ।
प्रतियोगिता सञ्चालन गर्न झन्डै २५ लाख रुपैयाँ खर्च गरिँदै छ। यस वर्ष कैलाली प्रिमियम लिगको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) रहेको छ।

