Advertisement

सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

Advertisement

बझाङ – बझाङ जिल्लाको थलारा गाउँपालिका-०१ रेगम र केदारस्यु गाउँपालिका-०१ देउरा जोड्ने अस्थायी काठको पुल (साङ्गो) बाट चिप्लिएर सेती नदीमा खस्दा २६ वर्षीय युवक टेक गिरि बेपत्ता भएका छन्। व्यवसायी हरि गिरिका छोरा टेक गिरि शुक्रबार साँझ ५:३० देखि ६:०० बजेको समयमा देउराबाट घर फर्कने क्रममा नदीमा खसेका हुन्। स्थानिय बासिन्दाका अनुसार पुलको खराब अवस्था र सरकारवाला निकायको वेवास्ता नै यो दुर्घटनाको प्रमुख कारण भएको देखिएको छ।

नेताहरूको चुनावी एजेन्डा, तर परिणाम शून्य
२०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानियले लगातार चार पटक काठको पुल निर्माण गरेका छन्। तर, यी अस्थायी पुलहरू केवल जोखिमकै पुल साबित भएका छन्। “हामीले चुनावमा नेताहरूलाई पुल निर्माणको मुद्दा उठायौं, तर चुनावपछि उनीहरूले हामीलाई पूरै बिर्सिए,” स्थानिय एक वृद्धले गुनासो गरे।

२०७९ सालमा यो पुल निर्माणको ठेक्का दिइएको भए पनि विविध कारणले काम रोकिएको छ। हालसम्म पुल निर्माणका लागि केवल पिल्लर गाड्ने र तार तान्ने काम मात्र भएको छ। “काम सुचारु गर्न बजेट छैन भन्छन्, तर हामीले नेता र कर्मचारीको तलबमा कुनै कटौती भएको देखेका छैनौं,” अर्का स्थानिय युवा आक्रोशित हुँदै भन्छन्।

स्थानियको दैनिकीमा असर, बाँच्नकै लागि जोखिमको यात्रा
स्थायी पुल नहुँदा थलारा र केदारस्युका बासिन्दा वर्षा याममा सबैभन्दा बढी प्रभावित भएका छन्। बर्खायाममा बजारका दैनिक उपभोग्य सामग्री लैजान र आवश्यक सेवा लिन उनीहरूलाई ज्यान जोखिममा राखेर काठको पुल तर्नुपर्ने बाध्यता छ। “यो काठको पुलबाट हरेक दिन हाम्रा बच्चाहरू विद्यालय जान्छन्। हामीलाई सधैं डर लागिरहन्छ,” एक आमाले दुखेसो गरिन्।

नेताहरूको गफ मात्रै, काम छैन’ – स्थानिय आक्रोशित
स्थानीय युवा महेश राज जोशीले भने, “यो समस्या केवल स्थानियको होइन, यो सरकारको असफलता हो। चुनावताका पुल निर्माणलाई मुद्दा बनाउने नेताहरू अहिले बेखबर छन्। यो केवल एउटा टेक गिरिको ज्यानको कुरा होइन, यो हाम्रो भविष्यको कुरा हो।”

सरकारलाई ध्यानाकर्षणको आह्वान
मसानी बेताल युवा क्लबका सचिव महेश राज जोशीले स्थायी समाधानका लागि प्रदेश र संघीय सरकारलाई तुरुन्त ध्यान दिन आग्रह गरेका छन्। “झोलुङ्गे पुल तत्काल निर्माण गरियोस्। यो समस्या समाधान नगरिए अरू ज्यान गुम्ने निश्चित छ,” जोशीले चेतावनी दिए।

स्थानिय स्तरबाट संघर्षको तयारी
स्थानियले अब सरकारलाई पुनः ज्ञापनपत्र बुझाउने र तत्काल कदम चालिएन भने प्रदर्शन गर्ने तयारी गरेका छन्। “अब हाम्रो धैर्य सकिएको छ। सरकारलाई झकझक्याउन सडकमा उत्रनुपर्ने बेला आयो,” युवा क्लबका अर्का सदस्यले बताए।

नेताहरूको ध्यान कता?
स्थानियको गुनासो छ कि सरकार र नेताहरू स्थानीय समस्यालाई बेवास्ता गर्दै आफ्ना व्यक्तिगत लाभका लागि मात्र क्रियाशील छन्। “हामी नेताहरूका लागि केवल भोट दिने मेसिन हौं। अब यस घटनाले उनीहरूको निद्रा खुलोस्,” एक स्थानिय वृद्धले दुःख व्यक्त गरे।

यो दु:खद घटनाले सरकार, राजनीतिक नेतृत्व र सम्बन्धित निकायलाई स्थानीयको ज्यान बचाउन आवश्यक कदम चाल्न बाध्य बनाउने अपेक्षा गरिएको छ। समयमै स्थायी समाधान खोजिएन भने यस्तो दुर्घटना फेरि पनि दोहोरिन सक्ने निश्चित छ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज