सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – बझाङ जिल्लाको थलारा गाउँपालिका-०१ रेगम र केदारस्यु गाउँपालिका-०१ देउरा जोड्ने अस्थायी काठको पुल (साङ्गो) बाट चिप्लिएर सेती नदीमा खस्दा २६ वर्षीय युवक टेक गिरि बेपत्ता भएका छन्। व्यवसायी हरि गिरिका छोरा टेक गिरि शुक्रबार साँझ ५:३० देखि ६:०० बजेको समयमा देउराबाट घर फर्कने क्रममा नदीमा खसेका हुन्। स्थानिय बासिन्दाका अनुसार पुलको खराब अवस्था र सरकारवाला निकायको वेवास्ता नै यो दुर्घटनाको प्रमुख कारण भएको देखिएको छ।
नेताहरूको चुनावी एजेन्डा, तर परिणाम शून्य
२०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानियले लगातार चार पटक काठको पुल निर्माण गरेका छन्। तर, यी अस्थायी पुलहरू केवल जोखिमकै पुल साबित भएका छन्। "हामीले चुनावमा नेताहरूलाई पुल निर्माणको मुद्दा उठायौं, तर चुनावपछि उनीहरूले हामीलाई पूरै बिर्सिए," स्थानिय एक वृद्धले गुनासो गरे।
२०७९ सालमा यो पुल निर्माणको ठेक्का दिइएको भए पन...




