Advertisement

मकवानपुरका दुई निर्वाचन क्षेत्रका लागि एमालेबाट नौजनाको नाम सिफारिस

Advertisement
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरूले निर्वाचन तयारी तीव्र पारेका छन् । निर्वाचनलाई लक्षित गर्दै दलहरू उम्मेदवार सिफारिसलगायत आन्तरिक प्रक्रियामा छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरले जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि नौजनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक र आइतबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

एमालेले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्वसांसद कृष्णप्रसाद दाहाल, पूर्वराष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटा रहेका छन्।

यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेशकुमार बर्तौला र पार्टी नेता सुवासचन्द्र ठकुरीको नाम सिफारिस भएको छ । जिल्ला कमिटीले सिफारिस गरेका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार उम्मेदवार छनोट गरिने जनाएको छ।

यसअघि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ बाट विरोध खतिवडा र विजय गौतमसहित १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरेको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेको छ । कांग्रेसले भने प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएका नेताहरूको नाम सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज