छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आइतबार शोेक विदा दिएको छ । गाउँपालिका पसुसेवा शाखा अन्र्तगत वडा नं ७ मा भेटेनरी प्राविधिकका रुपमा कार्यरत कटक बहादुर धामीको निधनमा शोक बिदा दिने निर्णय गरेको हो । छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ३० वर्षीया धामीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको थियो ।
पालिकाले आज एक शोक बक्तव्य जारी गर्दै आइतबार एक दिन शोक बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवद्धारा हस्ताक्षरित शोक बक्तव्य भनिएको छ, मंसिर ७ गते आइतबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक विद्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...










