Advertisement

Day: २०८२ कार्तिक १९, बुधबार २०:२६

बझाङको थलारामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, चालक गम्भीर घाइते

बझाङको थलारामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, चालक गम्भीर घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका- २ मा ट्याक्टर दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिकाको झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा तर्फ गइरहेको सु.प.प्र ०१००२ त ५७२४ नम्बरको ट्याक्टर थलारा २ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर आज साँझ दुर्घटना भएको हो । दुर्घटनामा थलारा गाउँपालिका- २ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्युु भएको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते चालक कैलालीका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाउने तयारी भइरहेको छ ।...
पाउटाकी कल्पना बोहरालाई आर्थिक रकम र न्यानो बलाङ्केट हस्तान्तरण

पाउटाकी कल्पना बोहरालाई आर्थिक रकम र न्यानो बलाङ्केट हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका ५ पाउटाकी एकल महिला कल्पना बोहरालाई आर्थिक रकम र न्यानो बलाङ्केट हस्तान्तरण गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका बिच बोहरालाई भवानी एकता समाज ब्याङ्लोरले आर्थिक रकम र वडा कार्यालयले न्यानो बलाङ्केट हस्तान्तरण गरेको हो । कल्पनाका श्रीमान मोहन बोहराको गत जेठ ४ गते भीरबाट लडेर मृत्यु भएको थियो । श्रीमान गुमाएको वियोगमा रहेकी कल्पनाको आलो घाउमा मलमपट्टी स्वरुप भवानी एकता समाज ब्याङ्लोका संयोजक गणेश बोहरा लगायतका पदाधिकारीहरुले २८ हजार ५ रुपैया नगद हस्तान्तरण गरेका हुन । त्यस्तै वडा कार्यालयले बढ्दो चिसोलाई ध्यानमा राख्दैै न्यानो बलाङ्केट हस्तान्तरण गरेको वडाध्यक्ष मोहन ठगुन्नाले जानकारी दिए । यस अघि पनि वडा कार्यालय मार्फत कल्पनालाई खाद्यान्न सामाग्री सहयोग गरिएको थियो । आर्थिक रुपमा कमजोर रहेकी कल्पनालाई अहिले छोरीहरुको पालनपोषणमा समस्या निम्तिए...
देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु

देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ४ मा रहेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु भएको छ । आवश्यक उपकरण स्वास्थ्य केन्द्रमा पुगेपछि आज बुधबारदेखि पाठेघरको मुखको स्क्रिनिङ तथा थर्मोकागुलेसन सेवा सुरु गरिएको हो । क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउने भिआइए (VIA) स्क्रिनिङ सेवा तथा उपचारका लागि थर्मोकागुलेसन सेवा सुरु स्वास्थ्य केन्द्र प्रमुख डा.राधिका जैसवालले जानकारी दिए । उनले यो सेवा सुचारु गरिएसँगै अब गाउँकै स्वास्थ्य केन्द्रमा महिलाले सजिलै उपचार तथा जाँच गराउन सक्ने भएका छन्। नेपालमा प्रत्येक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र तीमध्ये ४ जनाको मृत्यु हुने तथ्याङ्क रहेकोले यसलाई समयमै पहिचान र उपचार गर्नु अत्यन्त आवाश्यक मानिन्छ। यो स्क्रिनिङ विशेष गरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूका लाग...
बेलडाँडीका कलौनी दाजुभाइ : साधारण परिवारको घरदेखि राष्ट्रसेवाको शिखरसम्मको अनुकरणीय यात्रा

बेलडाँडीका कलौनी दाजुभाइ : साधारण परिवारको घरदेखि राष्ट्रसेवाको शिखरसम्मको अनुकरणीय यात्रा

कन्चनपुर, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बेलडाँडी कंचनपुर । सिमान्त ग्रामिण पृष्ठभूमिमा जन्मिएका तर देश सेवा गर्ने ठूलो हृदय बोकेका कलौनी दाजुभाइ आज बेलडाँडी मात्र होइन, सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणाको अद्भुत स्रोत बनेका छन्। साधारण मध्यम वर्गीय घर, आमाको माया, बाबुको पसिना र देशलाई आफ्नो कर्मभूमि बनाउने दृढ विश्वास—यही मूल भावनाले दाजुभाइलाई जीवनको कठिन बाटोमा पनि पछि हट्न दिएन। दाइ– रविन्द्र कलौनी : देशको माटो र जनताको सुरक्षामा समर्पित हृदय नेपाल प्रहरीको असईबाट सुरु भएको उनले यात्रा केवल जागिरको चाहना थिएन, यो देश, जनता र सीमाप्रतिको अद्भुत माया थियो। रविन्द्रले भने “देशले हामीलाई जन्म दियो, पहिचान दियो। हामीले केही फर्काउनै पर्छ।” यही विश्वासलाई हृदयमा राख्दै निरन्तर अनुशासन, कठिन प्रशिक्षण र आत्मविकासमा समर्पित रहेर उनी अहिले सशस्त्र प्रहरी निरीक्षक (APF Inspector) पदको अन्तिम नतिजामा टप १० भित्र स्थान प्राप...
सुदूरपश्चिमका प्रभावित सरकारी निकायहरूलाई आलोक मल्टी कन्सर्नद्वारा फर्निचर हस्तान्तरण

सुदूरपश्चिमका प्रभावित सरकारी निकायहरूलाई आलोक मल्टी कन्सर्नद्वारा फर्निचर हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  धनगढी, कैलाली । हालै भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशभरिका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा भएको क्षतिपछि आवश्यक फर्निचर सामग्री सहयोगका रूपमा आलोक मल्टी कन्सर्न प्रा.लि., धनगढी-४ चटकपुर, कैलालीले विभिन्न निकायहरूलाई फर्निचर हस्तान्तरण गरेको छ।   कम्पनीका अनुसार कार्यालयहरूको नियमित सेवा सुचारु गर्न सहज होस् भन्ने उद्देश्यले टेबल, कुर्सी, र्याक, सोफा लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको हो। उक्त फर्निचर सहायता जिल्ला प्रशासन कार्यालय, प्रदेशस्तरीय मन्त्रालय, विभिन्न जिल्ला कार्यालयहरूसँगै नगरपालिका र गाउँपालिकासहित २२ वटा सरकारी तथा सार्वजनिक निकायहरूलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।   यस कार्यमार्फत प्रदेशभित्रका सार्वजनिक संरचना पुनर्स्थापना र सेवा प्रवाह निरन्तरतामा सहयोग पुग्ने विश्वास कम्पनीको छ। साथै, अझै सामग्री ग्रहण गर्न...
कैलालीको गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

कैलालीको गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महाकाली राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–५ तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बुधबार बिहान साढे ६ बजे दुर्घटना भएको हो। दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले करिब ८० वर्षीया अज्ञात वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
काठमाण्डौका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाण्डौका १९ ठाउँमा निःशुल्क वाइफाइ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाण्डौका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत स्थानमा वाइफाइको ब्यान्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट निःशुल्क उपलब्ध हुनेछ। साथै, नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ जडान र क्षमता विस्तार गरिएको छ। यो सेवामा नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेटबीच सहकार्य भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हालेपछि गरेको पहिलो निर्णयअनुसार दुई महिनाभित्र काठमाण्डौ उपत्यकाका सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा पुर्‍याउने लक्ष्य राखिएको थियो।...
आज माओवादी केन्द्र र नेकपा (एस) सहित आठ दल एकीकरण घोषणा गर्दै

आज माओवादी केन्द्र र नेकपा (एस) सहित आठ दल एकीकरण घोषणा गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ- माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहितका आठ राजनीतिक दल आज एकता घोषणा गर्न लागेका छन्। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा दिउँसो विशेष कार्यक्रममार्फत एकताको घोषणा हुने भएको हो। कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी गरिएको छ। यी दल र समूहले केही दिनअघि आइतवार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। सहमति अनुसार नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ रहने र पाँचतारे तारा चुनाव चिह्न अपनाइने भएको छ। तर, एकताप्रति असन्तुष्टि जनाउने केही नेताहरू भने छुट्टै छलफलमा जुटेका छन्। उनीहरू अन्य दलका शीर्ष नेतासँग पनि परामर्श गर्दैछन्। त्यसमध्ये नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले मंगलबार एमाले अध्यक्ष केपी शर्मा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज