
दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा
बझाङ- अहिले हिन्दु धर्मावलम्बीहरूमा दसैं-तिहारको रौनकता छाएको छ। यस क्रममा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा बिदा दिइएको छ भने कर्मचारीहरू घर-परिवार र आफन्तसँग भेटघाट गर्दै चाडपर्व, रमाइलो गर्ने तयारीमा छन्। तर, बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा भने फरक उदेश्यका साथ भारतमा छन्।
दसैं-तिहारको बिदालाई केवल रमाइलोमा सीमित नगरी भविष्यका पुस्ताका लागि केही योगदान गर्ने सोचका साथ प्रधानाध्यापक बोहरा असोज ८ गते भारत प्रस्थान गरे । उनी अहिले बैंगलोरलगायतका सहरमा रहेका नेपाली दाजुभाइहरूसँग विद्यालयका लागि चन्दा संकलनमा तल्लीन छन्।
विद्यालयलाई प्रविधिमैत्री र बालमैत्री बनाउन चन्दा संकलन अभियान सञ्चालन गरिएको हो। नयाँ प्रविधि युगसँगै साना–साना बालबालिकालाई सानैदेखि आधुनिकतर्फ लैजान तथा विकट क्षेत्रमा भए पनि विद्यालयलाई नमुना (आद...