Advertisement

Day: २९ भाद्र २०८२ आईतवार १९:२३

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं  बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो ।  उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।  यो कार्यक्रमले बालबालिकाहरुको  क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्...
जेन-जी आन्दोलनमा ज्यान गुमाएका बोहरा र धामीका परिवारलाई खप्तडछान्नाद्वारा एक-एक लाख सहयोग गर्ने घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका बोहरा र धामीका परिवारलाई खप्तडछान्नाद्वारा एक-एक लाख सहयोग गर्ने घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकाले पनि जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नेभएको छ । भदौ २३ र २४ गतेको देशव्यापी रुपमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका बझाङका दुई जनाको परिवारलाई पालिकाले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो। जेन-जी पुस्ताले राजनीतिक दलहरूको असफलता, नेतृत्वप्रति अविश्वास, भ्रष्टाचारका बिरुद्ध गरेको आन्दोलनमा ज्यान गुमाएका खप्तडछान्ना गाउँपालिकाका सुवास बोहरा र दुर्गाथलि गाउँपालिकाका भीम धामीको ज्यान गएको थियोे । पालिकाले देशव्यापी जेन-जी आन्दोलन नेपालको राजनितिक इतिहासमा एक युगान्तकारी परिवर्तनकारी विद्रोहका रूपमा स्थापित भएको बताउँदै पालिकाले मृतक बोहरा र धामीको परिवारलाई राहत स्वरुप उक्त रकम दिने निर्णय गरेको अध्यक्ष उत्तम बहादुर रोकायाले बताए । पालिकाले ऐतिहासिक आन्दोलनका क्रममा वीरगती प्राप्त गर्नु भएका सहिद प्रत...
रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टीका केन्द्रीय सदस्यहरूको ग्रुपमा लेख्दै पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कारका कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उल्लेख गरेकी छन्। सुमना श्रेष्ठले भनिन्, "राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको बेला देखि आलोचना गर्दै आएको हुँ। तर त्यसले कुनै फरक पारेन, उल्टै मिडिया ट्रायल हुन थाल्यो। अब मैले पार्टी छोडेँ।"...
जेन-जी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

जेन-जी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ- अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। उनका अनुसार प्रत्येक शहीदको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। आन्दोलनका क्रममा हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ भने १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै यो निर्णयमा हस्ताक्षर गरेकी हुन्।...
आज बाल दिवस

आज बाल दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– आज भदौ २९ गते राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम सहित मनाइदैँछ । बालकालिकामा लगानी,सुनिश्चित भविषयको थालनी” नारासहित बाल दिवस मनाउन लागिएको हो । नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो र त्यस अनुरूप २०६३ सालदेखि राष्ट्रिय बाल दिवस मनाउन थालेको हो। संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ भने सरकारले बाल अधिकारसम्बन्धी नीति र कानुन कार्यान्वयन गर्दै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकाका शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा आवश्यक लगानी सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्।...
दुर्गाथलिद्वारा जेन–जी आन्दोलनमा ज्यान गुमाएका भीम र सुवासको परिवारलाई एक-एक लाख सहयोगको घोषणा

दुर्गाथलिद्वारा जेन–जी आन्दोलनमा ज्यान गुमाएका भीम र सुवासको परिवारलाई एक-एक लाख सहयोगको घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भदौ २३ र २४ गते जेन-जी पुस्ताले राजनीतिक दलहरूको असफलता, नेतृत्वप्रति अविश्वास, भ्रष्टाचारका बिरुद्ध गरेको आन्दोलनमा बझाङका दुई जनाले ज्यान गुमाएका थिए । उनीहरूको परिवारलाई पालिकाले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो। गाउँपालिकाले आइतबार जारी विज्ञप्तिमा ऐतिहासिक आन्दोलनका क्रममा वीरगति प्राप्त शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका दुर्गाथलिका भीम धामी र खप्तडछान्नीका सुवास बोहराको उच्च बलिदानलाई स्मरण गर्दै गाउँपालिकाले उनीहरूको परिवारलाई राहतस्वरूप नगद एक–एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको ह...
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्की बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी तयारी गरिएको छ। शुक्रबार शपथग्रहणलगत्तै पदभार ग्रहण गर्ने योजना रहे पनि शपथमा ढिलाइ हुँदा सो कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्री कार्की शनिबारदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी छन्।...
रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाड्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिंदै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ खोलेर अघि बढ्ने घोषणा गरेका हुन्। पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद चुलिएको थियो। चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै अब जेन–जी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। छिट्टै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत जानकारी सार्वजनिक गर्ने उनले बताएका छन्।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज