Advertisement

Day: २०८२ श्रावण २३, शुक्रबार २१:३७

बडिमालिकाबाट फर्किने क्रममा फेरि अर्का श्रद्धालुको ज्यान गयो

बडिमालिकाबाट फर्किने क्रममा फेरि अर्का श्रद्धालुको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा– बाजुरास्थित प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट फर्कने क्रममा लडेर दुई श्रद्धालुको मृत्यु भएको छ। शुक्रवार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मन्दिर दर्शन गरेर फर्किँदै गर्दा उनी करिब २५० मिटर तल खसेका थिए। यसअघि बिहीवार राति पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको पनि लडेर मृत्यु भएको थियो। हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका ओझा करिब ७०० मिटर तल खसेका थिए। तीर्थयात्रामा उनी आफ्नै परिवारका पाँच सदस्यसँग गएका थिए। बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा अवस्थित खतरनाक बाटो हुँदै फर्किने क्रममा दुवै घटना भएको प्रहरीले जनाएको छ। आज साउन २३ गतेका दिन बडिमालिकामा विशेष पूजा भइरहेको छ। यसै अवसरमा श्रद्धालुको भिड लाग्ने गरेकाल...
जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालय सैन्स्यूँमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट भरत बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णयमार्फत मल्ललाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो। अध्यक्षमा चयन भएपछि मल्लले धन्यवाद ज्ञापन गर्दै भने, “मेरो समाजसेवाको पाटोलाई मूल्याङ्कन गर्दै श्री जगन्नाथ माविको अध्यक्ष पदमा विश्वासका साथ सर्वसम्मत चयन गर्नु भएकोमा सम्पूर्ण बौद्धिक वर्ग, समाजसेवी, अभिभावक तथा आफन्तजनप्रति आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नटुटाउने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।” नयाँ विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयमा शैक्षिक, भौतिक र संस्थागत सुधारको अपेक्षा गरिएको छ। स्थानीय अभि...
सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका अन्तर्गतको सुनकुडा स्वास्थ्य चौकीको आयोजनामा डेंगु नियन्त्रणका लागि सुनकुडा बजार र सुनकुडा नमुना माध्यमिक विद्यालयमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ। श्रावण महिनालाई डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, बजार क्षेत्रका व्यापारी, सडक विभागका कर्मचारीलगायतको सहभागिता रहेको थियो। सरसफाइ अभियान अन्तर्गत स्थानीय क्षेत्र सफा गर्ने, पानी जम्न नदिने र लामखुट्टे उत्पादन हुने स्थानहरूमा विशेष ध्यान दिइएको थियो। कार्यक्रमका क्रममा सहभागीलाई डेंगु रोगको जोखिम, लक्षण र रोकथामका उपायहरूबारे जानकारी दिएको स्वास्थ्य चौकी प्रमुख सुरेश ओखेडाले बताए । सरसफाइ अभियान निरन्तर रुपमा सञ्चालन गरिने जानकारी समेत उनलेे दिए ।...
प्रधानमन्त्री ओली मात्रै वर्तमान चुनौती सामना गर्न सक्षम नेता : अध्यक्ष गणेश पाण्डे

प्रधानमन्त्री ओली मात्रै वर्तमान चुनौती सामना गर्न सक्षम नेता : अध्यक्ष गणेश पाण्डे

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राष्ट्रको आवश्यकता भएको बताएका छन्। शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयका राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्षम एक मात्र नेता भनेका हुन्। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ।” त्यस अवसरमा उनले प्रविधिमैत्री र न्यू मिडिया अनुकूल पत्रकारिता समयको आवश्यकता भएको उल्लेख गरे। पाण्डेले पत्रकारिता समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सक्नुपर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने हुनुपर्नेमा जोड दिए। “त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर...
बझाङमा नयाँ डिएसपीको पहिलो अपरेशन सफल, १.६९ किलो चरेससहित एक जना पक्राउ

बझाङमा नयाँ डिएसपीको पहिलो अपरेशन सफल, १.६९ किलो चरेससहित एक जना पक्राउ

समाचार
बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी खगेन्द्र धमलाको आगमनसँगै चरेस नियन्त्रणमा पहिलो अपरेशन सफल भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेंद्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ स्थायी ठेगाना भई जयपृथ्वी नगरपालिका–९, चिउडिखान कोठामा बस्ने ३२ वर्षीय शेरबहादुर बोहरालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा शुक्रबार (२०७९ साउन २२ गते) बिहान १०:३० बजे पक्राउ परेका बोहराको झोलाभित्र लुकाइ ल्याइरहेको अवस्थामा १.६९० किलो (एक किलो छ सय नब्बे ग्राम) चरेस फेला परेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा डिएसपी धमलाले आफ्नो कार्यकालको पहिलो अपरेशनमै सफलता मिलेको र जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे। उनी पछिल्लो समय फुर्तिलो रुपमा जिल्लाका विभिन्न स्थानमा स्वयं उपस्थित हुने गरेका छन्। समुदाय–प्रहरी ...
बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखमा डिएसपी खगेन्द्र धमला आएपछि चरेस नियन्त्रण सम्बन्धी अपरेसन सुरु गरिएको छ। डिएसपी धमलाको पहिलो अपरेसनकै रूपमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ घर भई जयपृथ्वी नगरपालिका–९ चिउडिखानमा डेरा गरी बस्ने अन्दाजी ३२ वर्षीय शेरबहादुर बोहरालाई चरेससहित पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा झोलामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनलाई २०८२ साउन २२ गते बिहान १०:३० बजे पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार सम्मेलनमार्फत डिएसपी धमलाले बोहरासँग १.६९० केजी (एक किलो छ सय नब्बे ग्राम) चरेस बरामद गरिएको जानकारी दिए। डिएसपी धमलाका अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सदरमुकाम चैनपुरमा गरिएको...
उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारतको उत्तराखण्डमा हालैको बाढी र पहिरोका कारण जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ गरी १८ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये अधिकांश मजदुरी गर्न र स्याउ टिप्न गएका थिए। मंगलवार आरिघोप्टे वर्षाले उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवाल नजिकै सिन्धु खोला किनारमा पहिरो खसेको थियो। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूमध्ये धेरैजना जाजरकोटको कुशे गाउँपालिका–२ का हुन्। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले १३ जनाभन्दा बढी बेपत्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। पालिकाले खोजी तथा उद्धारका लागि प्रदेश र सङ्घ सरकारमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेको छ। यसैबीच, बर्दियाका ५ जना नेपाली पनि पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी आएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग समन्वयमा उद्धार कार्य भइरहेको ज...
मनसुन सक्रिय : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा सक्रिय रहेकाले देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भए पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदलीसहित वर्षा भइरहेकाे छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा व्यापक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, अन्य प्रदेशका पहाडी तथा केही तराई भूभागमा पनि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
बडिमालिकाबाट फर्किने क्रममा लडेर एक जनाको मृत्यु

बडिमालिकाबाट फर्किने क्रममा लडेर एक जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। निधन हुनेमा पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार ओझा मन्दिरबाट झन्डै एक घण्टा तल झर्ने क्रममा लडेका थिए। अनुमान अनुसार उनी झण्डै ७ सय मिटर तल खोँचमा खसेका थिए। प्रहरीले शव उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। विप्लव ओझा हाल काठमाडौंको गोकर्णेश्वर–५ मा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार उनी राति नै मन्दिरबाट फर्किएका थिए, र रातिको यात्रा गर्दा अँध्यारोका कारण भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बिहान करिब साढे ८ बजे घटनाको जानकारी प्राप्त भएको हो। आजको दिन बडिमालिकामा विशेष पूजाको आयोजना गरिएको छ। शक्तिपीठका रूपमा परिचित यस मन्दिरमा ...
दार्चुलाका करार कर्मचारीको सम्झौता नवीकरण नहुँदा सेवा प्रभावित

दार्चुलाका करार कर्मचारीको सम्झौता नवीकरण नहुँदा सेवा प्रभावित

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाका नौ वटै स्थानीय तहमा कार्यरत एक हजार २८९ जना करार सेवाका कर्मचारीहरूको सम्झौता नवीकरण नहुँदा जनसेवामा असर परेको छ। अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि पालिकाले नयाँ आर्थिक वर्षमा कर्मचारी नियुक्ति नवीकरण गरेका छैनन्। करार नवीकरण नहुँदा विशेष गरी स्वास्थ्य सेवा प्रभावित भएको स्थानीय तहहरूले जनाएका छन्। केही पालिकामा भने सम्झौता नविकरण नभए पनि करार कर्मचारी अझै काम गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु आवदेखि करार वा ज्यालादारी कर्मचारी नियुक्तिका लागि स्वीकृत दरबन्दी रिक्त भए मात्र प्रदेश सरकारबाट सहमति लिएर नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ। प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ (उपदफा ९३००) अनुसार करार वा ज्यालादारी नियुक्तिका लागि प्रदेश सरकारसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधानले पालिकाहरूमा अन्योल उत्पन्न भएको हो। अपिहिमाल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज