Advertisement

Day: २०८२ असार २१, शनिबार १४:४०

नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपालले सिङ्गापुरलाई पराजित गर्दै एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताभर अपराजित रहेको नेपालले फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य २९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका जोए थापा २४ रनमा अविजित रहे। ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा उनले शुभम् खनालसँग छैटौं विकेटका लागि ३३ रन र अभय यादवसँग नवौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरे। त्यसअघि, मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो। सिङ्गापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान ३ विकेट लिए भने शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए। सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। आयोजक मलेशियाले हङकङलाई ५ विकेटले पराजित गर्दै तेस्रो...
महिलालाई आत्मनिर्भर बनाउने ५२ दिने हातेहोजेरी तालिम सम्पन्न

महिलालाई आत्मनिर्भर बनाउने ५२ दिने हातेहोजेरी तालिम सम्पन्न

दार्चुला
दार्चुला  । ब्यास गाउँपालिकामा सञ्चालन गरिएको ५२ दिने हातेहोजेरी (सिलाइ–बुनाइ) तालिम सम्पन्न भएको छ । २०८१ साल वैशाख २८ गतेदेखि सुरु भएको तालिम २०८२ असार २० गते सम्पन्न भएको हो । स्थानीय प्रशिक्षक जानकी विष्टको सहजीकरणमा सञ्चालित उक्त तालिममा सहभागी महिलाहरूले विद्यालय पोशाक (स्कुल ड्रेस) सिलाउनेदेखि अन्य सिलाइका सीपहरू सिकेका छन् । तालिममा सहभागी महिलाहरू अहिले आफ्नै गाउँमै सुइट सिलाउने सीपमा दक्ष बनेका छन् । प्रशिक्षक विष्टका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने दिशामा मार्ग प्रशस्त गरेको छ । अब हामी स्कुलको सुइट बनाउने काम आफैँ गर्न सक्छौँ, अरुको भर पर्नु पर्दैन, विष्टले भनिन्, तर यो तालिम केवल तालिममै सीमित नहोस् भन्ने चाहना छ । बिप्रेषणमा निर्भर हुनुको सट्टा स्थानीयस्तरमा साना उद्यम सञ्चालन गर्न सघाउ पुर्‍याइयो भने महिलाहरू घरमै बसेर कमाउन सक्छन् । उनले तालिमपछि पनि स्थानीय ...
बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा

बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, रोजगार, सुदूरपश्चिम
बाजुरा: बुढीगंगा नगरपालिकामा एक महिनादेखि सञ्चालनमा रहेको माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम हिजो एक कार्यक्रमका बीच समापन गरिएको छ । बुढिगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने लक्ष्य लिएको हो । समापन समारोहमा नगर प्रमुख राम बहादुर बानियाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भने, “यो तालिमले कम्तीमा केही युवाहरूमा स्वरोजगारप्रतिको प्रेरणा जगाउनेछ भन्नेमा म ढुक्क छु। अब हामी नगरले पनि आवश्यक सहयोग पुर्‍याउनेछौं ताकि यी सीपहरू केवल अभ्यासमा मात्रै सीमित नहून्, व्यवसायको रूपमा विकास होउन्।” कार्यक्रममा नगर उपप्रमुख माया खड्का (कुवर) ले सहभागी युवती र महिलाहरूको सक्रियता उल्लेख गर्दै भनिन्, “महिलाहरूको सहभागिता निकै उत्साहजनक देखियो। महिलाहरू पनि अब सश...
बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लगाइएको आरोप निराधार देखिन थालेको छ । आयोगले उठाएको पावर टिलर कमिसनको विषयवस्तु बजेट तथा योजना दस्तावेजमै नदेखिएपछि आरोपको आधार झनै कमजोर देखिएको छ । प्रदेश सरकारको २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, बजेट विवरण तथा कृषि मन्त्रालय अन्तर्गतका वार्षिक योजनाहरूमा कहीँ पनि पावर टिलर खरिद र वितरणसम्बन्धी कार्यक्रम उल्लेख छैन । मन्त्रालयका आन्तरिक कागजात र बजेट शिर्षक अनुसार मन्त्रालयले उक्त वर्षमा मिहेनती किसान लक्षित मलबीउ वितरण, सीप विकास तालिम, कृषि प्राविधिक परिचालन, सिंचाइ अनुदानलगायतका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर पावर टिलर खरिद भने न बजेटमा समावेश गरिएको थियो, न कार्यान्वयन स्तरमा अघि बढाइएको थियो । पावर टिलर खरिद गर्ने बजेट कहिँ कतै नभएको (२०८०/८१ को मन्त्रालयको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज