Advertisement

Day: २०८२ जेष्ठ ८, बिहीबार १८:३४

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री कैलाश बहादुर ठकुराठी र सहायक प्रमुख जिल्ला अधिकारी श्री सत्य कुमारी जोशीलाई बाँसबाट निर्मित वातावरणमैत्री कप (Bamboo Cup) हस्तान्तरण गरिएको छ। उक्त भेट जिल्ला प्रशासन कार्यालय, बझाङको कार्यकक्षमा सम्पन्न भएको हो। कपहरू IFRC र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालित “परिवर्तक – The Changemaker” अभियान अन्तर्गतको “Green Growth: From Trash to Tree” कार्यक्रम मार्फत तयार पारिएका हुन्। कप हस्तान्तरण कपिल बिष्टद्वारा गरिएको हो, जो “परिवर्तक – The Changemaker” अभियानका अभियानकर्ता (campaigner) हुनुहुन्छ, साथै सुङकुडा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष समेत हुनुहुन्छ। भेटका क्रममा **प्रमुख जिल्ला अधिकारी श्री ठकुराठीले युवाले उठाएका यस्त...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, मुगु, समाचार
४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संलग्न ११ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुगुको सोरु गाउँपालिकामा सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको अख्तियारको दावी छ। गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नं १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा भ्रष्टाचार भएको हो। आरोपपत्रमा उल्लेख भए अनुसार आयोजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार तयार गरी निर्माण योजनामा उपभोक्ता समिति गठनपूर्व नै योजना सम्झौता गरी कार्यादेश दिइएको थियो। स्वीकृत लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनी प्राविधिक ...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष कलक ब. रोकायाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ कैलालीका उपसमिति सदस्य यज्ञराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि गेटा आँखा अस्पतालका निर्देशक सुरेशराज पन्त हुनुहुन्थ्यो । उक्त केन्द्रमार्फत दृष्टि परीक्षण, चस्मा जाँच, सामान्य आँखाका रोगहरूको उपचार, आँखाबाट बस्तु हटाउने, स्कुल स्तरको आँखाको जाँच, आँखा शिविर तथा आकस्मिक सेवा उपलब्ध हुने तल्कोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक तथा यस उद्घाटन कार्यक्रम सञ्चालक नरजित खड्काले बताउनुभयो । साथै, आँखामा पानी आउने समस्या, रङ्ग छुट्याउने क्षमता परीक्षण लगायतका सेवाहरू समेत प्रदान गरिनेछ । अध्यक्ष रोकायाले केन्द्र सञ्चालनमा आएपछि अब तल...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ । आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् । सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रक...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

समाचार
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । कुमाल बेपत्ता भएपछि उनीसँगको ३ वर्षदेखिको प्रेम सम्बन्धमा रहेर विवाह गर्न राजी भएकी बाजुराकी बुढा थरकी युवती खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेकी थिइन् । कुमालकी भाउजुले समेत देवरको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् तर कुमालको अत्तोपत्तो नलागेपछि अन्ततः दुवै परिवारको समेत सहमतीमा तय भइसकेको विवाह रद्द भएको थियो । कुमाल सम्पर्कमा नआएपछि प्रेम सम्बन्धमा रहेकी युवती अब उनको वास्ता नगर्ने निर्णयमा पुग्छिन् । तर प्रेममा भएका बेला विभिन्न समयमा युवकलाई पठाएको झन्डै दुुई लाख पैँसाको चिन्ताले उनलाई पिरोल्न थाल्यो । घरपरिवारलाई विभिन्न समयमा युवकलाई एक लाख ८३ हजार रुपैयाँ बैँकमार्फत पठाएको देखाएपछि उनका बुवा...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना भत्काउने बिरुद्ध प्रहरीमा उजुरी दिइएको छ । केही समुहले बन्दै गरेको योजनामा निर्माण को अन्तिम चरणमा रहेको कलेक्सन च्याम्बर सहित अन्य निर्माण सामग्रीमा पुर्ण क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उपभोक्ता समितिले उजुरी दिएका हुन्। गत सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ८३ जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रह...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज