Advertisement

Day: २०८२ बैशाख ६, शनिबार २१:०६

बझाङमा पहिलोपटक राष्ट्रिय भलिबल रेफ्री क्याण्डिडेट कोर्ष सुरु

बझाङमा पहिलोपटक राष्ट्रिय भलिबल रेफ्री क्याण्डिडेट कोर्ष सुरु

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चैनपुर- बझाङमा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री क्याण्डिडेट तालिम सुरु गरिएको छ। नेपाल भलिबल संघद्वारा आयोजित तथा जिल्ला खेलकुद विकास समिति, बझाङको व्यवस्थापनमा सञ्चालित यो तालिमको उद्घाटन आज सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा थिए भने विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हर्कसिंह धामी, अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक टहलसिंह थापा, सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गादत्त भट्टलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाका अनुसार, तालिममा १८ वर्षमाथिका इच्छुकहरूले सहभागी हुन पाउने छन्। कार्य...
आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ — जिल्लामा जडीबुटीको महत्व, त्यसको प्रयोग र समग्र रूपमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले एक दिवसीय परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणलाई आयुर्वेदिक ज्ञान तथा व्यवहारमा आधारित जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। कार्यक्रम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका प्रमुख मिनराज पुरीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले परम्परागत जडीबुटी र आयुर्वेद विज्ञानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। परामर्श तथा प्रशिक्षण सत्रमा देउलेख आयुर्वेदिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. हिमाल भट्ट र  मोहन मल्लले सहजीकरण गरेका थिए। उनीहरूले नेपालको पहाडी भेगमा...
देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

देशभर २२ लाख बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौँ— आज र भोलि (शनिबार र आइतबार) देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो औषधि वितरण गर्न लागेको हो। स्वास्थ्य सेवा विभागका अनुसार, ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। त्यसका साथै बालभिटा पनि दिइने र बालबालिकाको पोषण अवस्था परीक्षण गरिनेछ। स्वास्थ्यकर्मीहरूका अनुसार कुपोषण अझै पनि बालबालिकामाझ गम्भीर समस्या हो। भिटामिन ‘ए’ को कमीले दृष्टिमा असर पर्नुका साथै रतन्धो, आँखामा घाउ जस्ता समस्या देखिने भएकाले नियमित रूपमा औषधि खुवाइँदै आएको छ। जुका सरसफाइको अभावमा शरीरमा पस्ने गर्छ र आन्द्रामा घाउ बनाएर पोषक तत्त्व सोस्छ, जसले गर्दा बच्चा कुपोषित बन्दै जान्छ। भिटामिन ‘ए’ ले दृष्टि सुधार ...
कैलालीमा माइक्रो बसको ठक्कर, सशस्त्र प्रहरीका हवल्दार गम्भीर घाइते

कैलालीमा माइक्रो बसको ठक्कर, सशस्त्र प्रहरीका हवल्दार गम्भीर घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको घोडाघोडी नगरपालिका–५ मा माइक्रो बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बलका एक हवल्दार गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बा ५ ख ४३१७ नम्बरको माइक्रो बसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका हुन्। उनी सशस्त्र प्रहरी बलको राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत हवल्दार हुन्। बमको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ र उनको उपचार धनगढीस्थित निजी अस्पतालमा भइरहेको छ। घटनापछि माइक्रो बस चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
कक्षा १२ को परीक्षा यथावत्: विद्यार्थीलाई भ्रममा नपर्न बोर्डको आग्रह

कक्षा १२ को परीक्षा यथावत्: विद्यार्थीलाई भ्रममा नपर्न बोर्डको आग्रह

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यथावत् सञ्चालन हुने स्पष्ट पारेको छ। शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भएको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएको भन्दै बोर्डले यस्तो प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै विद्यार्थीलाई भ्रममा नपरी तयारीमा जुट्न आग्रह गरेको छ। बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको भनेर सामाजिक सञ्जालमा प्रचार गरिएको सूचनालाई अनाधिकृत बताएको छ। बोर्डको लेटरप्याड र अध्यक्षको हस्ताक्षर नक्कली प्रयोग गरेर यस्तो सूचना सार्वजनिक गरिएको भन्दै बोर्डले दोषीमाथि साइबर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। साथै, परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न अभिभावक, शिक्षक र विद्यालय प्रधानाध्यापकलाई समन्वय र सहकार्य गर्न पनि बोर्डले अपिल गरेको छ।...
यू–१९ विश्वकप छनोटको फाइनल भिडन्त: नेपाल र अफगानिस्तान आज आमनेसामने

यू–१९ विश्वकप छनोटको फाइनल भिडन्त: नेपाल र अफगानिस्तान आज आमनेसामने

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान आमनेसामने हुँदैछन्। तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ। खेलको विजेता टोलीले सन् २०२৬ मा जिम्बावे र नामिबियामा आयोजना हुने १९ वर्षमुनिको विश्वकपमा स्थान बनाउनेछ। दुबै टोलीले प्रतियोगितामा हालसम्म खेलेका तीनै खेल जितेका छन्। नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेटले तथा यूएईलाई १८० रनको फराकिलो अन्तरले हराएको थियो। नेट रनरेटको आधारमा अफगानिस्तान नेपालभन्दा अगाडि छ। त्यसैले विश्वकपको लागि छनोट हुन नेपाललाई आजको खेल जित्नैपर्नेछ। यदि वर्षाका कारण खेल रद्द भए वा टस नै हुन नसकेमा अफगानिस्तानले लाभ पाउनेछ। नेपालले यसअघि आठ पटक यू–१९ विश्वकप खेलेको छ – सन् २०००, २००२, २००४, २००६, २००...
प्रधानमन्त्रीसँग शिक्षक महासंघको छलफल, आन्दोलन यथावत्

प्रधानमन्त्रीसँग शिक्षक महासंघको छलफल, आन्दोलन यथावत्

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग शिक्षक आन्दोलनबारे छलफल गर्नुभएको छ। हिजो साँझ बालुवाटारमा भएको छलफलमा शिक्षा ऐनको तयारी, आन्दोलनको कारण र समाधानका उपायहरूबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकहरू पूर्ण आश्वस्त हुन सकेका छैनन्। उनीहरूले आन्दोलन जारी राख्ने अडान दोहोर्याएका छन्। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी छलफलमा सहभागी थिए। शिक्षकहरूले विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरूले शिक्षा मन्त्रालयको वार्ता प्रस्ताव अस्वीकार गर्दै शैक्षिक हडताललाई निरन्तरता दिँदै आएका छन्। यस ...
आईपीएलमा पञ्जाब किङ्ग्सको शानदार जित, बेङ्गलुरु ५ विकेटले पराजित

आईपीएलमा पञ्जाब किङ्ग्सको शानदार जित, बेङ्गलुरु ५ विकेटले पराजित

Breaking News 2, अन्तरबार्ता, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ – भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ५ विकेटले हराउँदै प्रतियोगिताको पाँचौं जित दर्ता गरेको छ। गएराति बेङ्गलुरुको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले ९६ रनको लक्ष्य १२.१ ओभरमा ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए भने बेङ्गलुरुका जोश हेजलउडले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए। वर्षाले प्रभावित खेल ढिलो सुरु भएको थियो। निर्धारित २० ओभरको खेल घटाएर १४ ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले ९५ रन मात्र बनाएको थियो। उसको सुरुवात निकै कमजोर रह्यो – ७ विकेट गुमाउँदा मात्र ४२ रन जोडिएको थियो। त्यसपछि टिम डेविडले अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान २...
युक्रेनले रूसी युद्धमा मारिएका ९०० बढी सैनिकको शव फिर्ता ल्यायो

युक्रेनले रूसी युद्धमा मारिएका ९०० बढी सैनिकको शव फिर्ता ल्यायो

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
किएभ– युक्रेनले रुससँगको युद्धमा मारिएका आफ्ना सयौँ सैनिकको शव फिर्ता पाएको जनाएको छ। पछिल्लो तीन हप्तामा यो दोस्रो पटक शव फिर्ता गरिएको हो। युक्रेनी सरकारी एजेन्सी ‘युद्धका कैदीहरूको उपचारका लागि समन्वय मुख्यालय’ का अनुसार, ९०९ युक्रेनी रक्षकको शव स्वदेश फर्काइएको हो। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेयता युद्धबन्दी र मृतक सैनिकहरूको आदानप्रदान दुई देशबीचको दुर्लभ सहकार्य बनिरहेको छ। रुसले भने आफ्ना मृत सैनिकबारे सार्वजनिक जानकारी दिन खासै रुचि देखाउँदैन। तर, रूसी मिडिया र सैन्य ब्लगरहरूले सांसद शमसेल सारालिभलाई उद्धृत गर्दै ४१ रूसी सैनिकको शव फिर्ता गरिएको जनाएका छन्। यो आदानप्रदान अमेरिका नेतृत्वको युद्धविराम प्रयास असफल देखिएको समयसँग मेल खान्छ। दुवै पक्षका दशौँ हजार सैनिक मारिएको अनुमान छ, तर दुबै देशले नियमित विवरण सार्वजनिक गरेका छैनन्। यस वर्ष फेब्रुअरीमा, युक्रेन...
देशका विभिन्न ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

देशका विभिन्न ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ– सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रातिदेखि लगातार वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी दाङमा ५६ मिलिमिटर परेको छ भने अछाम र दैलेखमा ४१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा गराउने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको महाशाखाले जानकारी दिएको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा सुरु भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज