काठमाडौँ — जाजरकोटको पैंक आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार राति ९:३१ बजे ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि चैत २२ गते पनि सोही क्षेत्र केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्पका घटना दोहोरिइरहेका छन्।

