Advertisement

सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनको नतिजा सार्वजनिक, नेविसंघको बहुमत

Advertisement

धनगढी- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा सार्वजनिक भएको छ। १५ मध्ये १४ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भई सबैको नतिजा सार्वजनिक भएको हो ।

कुल १४ क्याम्पसमध्ये ९ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने ५ क्याम्पसमा अनेरास्ववियूले जित निकालेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी भने यसपटक कुनै क्याम्पसमा विजयी हुन सकेन।

यसैबीच, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन। एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा निकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेपछि प्रक्रिया रोकिएको हो। उनीहरूले वास्तविक विद्यार्थीहरूलाई मतदानबाट वञ्चित गराउन खोजिएको आरोप लगाउँदै १८ चैतमा उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्थापना भएको डेढ दशक बितिसक्दा पनि अझै स्ववियु निर्वाचन हुन सकेको छैन। यस्तै, विश्वविद्यालयकै आंगिक क्याम्पस जनता क्याम्पस, अछाममा पनि निर्वाचन हुन सकेको छैन।

नेविसंघ विजयी भएका क्याम्पसहरू:
१) दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, कैलाली – भुवन महरा
२) जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी – रोशन भट्ट
३) मणिलेक क्याम्पस, बैतडी – मनोजदत्त ओझा
४) त्रिवेणी बहुमुखी क्याम्पस, डडेल्धुरा – प्रकाश अवस्थी
५) दार्चुला बहुमुखी क्याम्पस, दार्चुला – प्रकाश बडू
६) सीताराम बहुमुखी क्याम्पस, डोटी – उमेश बलायर
७) बडीमालिका क्याम्पस, बाजुरा – सविन रावत
८) कैलाली बहुमुखी क्याम्पस, कैलाली – सन्तोष पन्त
९) टीकापुर बहुमुखी क्याम्पस, कैलाली – किरण साउँद

अनेरास्ववियू विजयी भएका क्याम्पसहरू:
१) जयपृथ्वी क्याम्पस, बझाङ – तिलकचन्द्र बोहरा
२) पाटन बहुमुखी क्याम्पस, बैतडी – सञ्जय भण्डारी
३) घण्टेश्वर बहुमुखी क्याम्पस, डोटी – सुरत बोहरा
४) गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – सुनिल डागा
५) बाजुरा क्याम्पस, बाजुरा – लक्ष्मण रोकाया

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज