Advertisement

Day: २०८१ चैत्र २७, बुधबार २१:२६

कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार मृत फेला परेका व्यक्तिको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको पाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा ती पुरुषको शव फेला परेको हो। ढुङ्गाले टाउकोको बायाँ भागमा प्रहार गरी आँखा समेत फुटाइएको अवस्थामा शव भेटिएकाले अनुहार पहिचान गर्न नसकिने प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। अन्दाजी ३५–४० वर्ष उमेरका देखिने ती पुरुषको परिचय खुलेको छैन। शव नजिकै रगत लागेको ढुङ्गा फेला परेको छ भने लुगाबाहेक अन्य कुनै सामान भेटिएको छैन। शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा भेटिए पनि हत्या मन्दिरभित्रै भएको प्रहरीको अनुमान छ। शव भेटिएको स्थानभन्दा करिब २० मिटर टाढा मन्दिरको प्राङ्गण रगताम्मे अवस्थामा रहेको र मन्दिरबाट शव तानेर तल फालिएको जस्तो देखिएको थापाले बताए। प्रहरीले शव परीक्षणका लागि सेती...
शिक्षक महासंघ वार्ताका लागि तयार, भोलि बिहीबार सरकारसँग छलफल हुने

शिक्षक महासंघ वार्ताका लागि तयार, भोलि बिहीबार सरकारसँग छलफल हुने

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौं— शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा सहभागी हुने भएको छ। महासंघका अनुसार भोलि (बिहीबार) वार्ताका लागि सहभागी हुने निर्णय अन्तिम चरणमा पुगेको छ। महासंघका एक पदाधिकारीका अनुसार हाल को-को वार्तामा सहभागी हुने र कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न बैठक चलिरहेको छ। उनले भने, "शिक्षा सचिवको पत्र आएको छ। अब कसरी वार्तामा जाने भन्नेबारे छलफल गरिरहेका छौं।" आन्दोलन परिचालन समितिकी संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले महासंघ भित्र आन्तरिक छलफल भइरहेको जानकारी दिइन्। शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले वार्तामा बस्ने तयारी गरेको पुष्टि गरेका छन्। "भोलि उहाँहरूले वार्तामा सहभागी हुने जानकारी दिनुभएको छ," ती अधिकारीले भने। नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा विभिन्न प्रकारका सांकेतिक...
बझाङको थलारामा एआइ  प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

बझाङको थलारामा एआइ प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ। नेपाल सरकारको "क्षयरोग अन्त्य राष्ट्रिय रणनीति" अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो । चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ। त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ। अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ। यही अभियानको निरन्तरत...
महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

Breaking News 3, कन्चनपुर, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ। गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० भत्काएको थियो। उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ। महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन्। स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालय...
कैलालीमा ५.६ ग्राम हेरोइन र ७२ ट्याब्लेटसहित १२ जना पक्राउ

कैलालीमा ५.६ ग्राम हेरोइन र ७२ ट्याब्लेटसहित १२ जना पक्राउ

समाचार
कैलाली, चैत २७ – लागु औषध कारोबार तथा प्रयोगमा संलग्न रहेको आशंकामा कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोइन र ७२ थान प्रतिबन्धित ट्याब्लेटसहित १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २०७८ चैत २६ गते प्राप्त गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–०१ सुखडस्थित गौरभ आचार्यको घरमा लागू औषध प्रयोग भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, सुखडबाट खटिएको टोलीले २५ वर्षीय गौरभ आचार्य, ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ र २२ वर्षीय भिम बोहरालाई ३.५८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। त्यस्तै, टिकापुर नगरपालिका–०९ स्थित खक्रौला चेकपोष्ट नजिक इलाका प्रहरी कार्यालय, टिकापुरको टोलीले १८ वर्षीय सन्तोष बिक र २३ वर्षीया बन्दना बिकलाई १.४२ ग्राम हेरोइनसहित नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–०६, ०७, ०९ र आसपासका क्षेत्रहर...
आईपीएलमा पन्जाब र लखनउ विजयी, चेन्नई र कोलकाता पराजित

आईपीएलमा पन्जाब र लखनउ विजयी, चेन्नई र कोलकाता पराजित

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ — भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ। पन्जाबले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि डेभन कनवेले सर्वाधिक ६९ रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। ओपनर प्रियान्श आर्याले उत्कृष्ट प्रदर्शन गर्दै १०३ रनको शतक प्रहार गरेका थिए। यो जितसँगै पन्जाबले चार खेलमा ६ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ। चेन्नई भने पाँच खेलमा २ अंकसहित नवौं स्थानमा झरेको छ। पहिलो खेलमा लखनउको रोमाञ्चक जित आईपीएल अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ। २३९ रनको कठिन लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर ...
अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

Breaking News 3, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम— अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २१ वर्षीया जन्मजात दृष्टिविहीन महिलामाथि करणी गरिएको उजुरी प्राप्त भएपछि रोकायालाई पक्राउ गरिएको हो। प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ। पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाबाट अपांग छन्। दुवै अपांगता भएका व्यक्ति विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा रोकायाले डर र धम्की देखाएर करणी गरेको आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बैतडीको शिवनाथमा चितुवाको आक्रमण, एक महिला घाइते

बैतडीको शिवनाथमा चितुवाको आक्रमण, एक महिला घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीको शिवनाथ गाउँपालिका–१ मटेलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। ३९ वर्षीया विन्दरा साउँद मंगलबार दिउँसो १ बजे स्थानीय जंगलमा बाख्रा चराउँदै गर्दा चितुवाले आक्रमण गरेको हो। स्थानीय दशरथ चाडका अनुसार चितुवाले सुरुमा बाख्रामाथि आक्रमण गरेपछि साउँदमाथि झम्टिएको थियो। घटनाका बेला उनीसँगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो। आक्रमणबाट साउँदको टाउको, मुख र गर्धनमा चोट लागेको र उनलाई थप उपचारका लागि भारतको लुवाघाट लगिएको चाडले जानकारी दिए। चितुवाको आक्रमणपछि स्थानीयबासी त्रसित बनेका छन्। तल्लो सौराड क्षेत्रमा २०६८ सालदेखि नै बेलाबेला चितुवाले मानिसमाथि आक्रमण गर्ने घटना दोहोरिंदै आएको छ।...
आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने द...
अछामको जयगढमा भिषण आगलागी  हुँदा ७ करोड बढीको क्षति

अछामको जयगढमा भिषण आगलागी हुँदा ७ करोड बढीको क्षति

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढ गाँउपालिका ३ मा रहेको जयगढ बजारमा भिषण आगलागी हुँदा ७ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट १२ घर र १७ पसल जलेर नष्ट भएका छन्। एकिन विवरण आउन सकेको छैन आगलागीबाट सो वरावरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी भण्डारीले जानकारी दिए । ढुङगा माटोले वनाएको १० घर २ आरसीसी वाला घर र कच्ची टिनले वनाएको १७ पसल आगलागीबाट पुर्णरुपमा क्षति भएकोे उनले बताए । आगो नियन्त्रण भने साढे १२ बजे आएको उनले बताए । हिजो साँझ ७ बजेर २० मिनेटमा दुईवटा ग्यास शुरुमा पड्किएको र त्यसपछि संगै ७ वटा ग्यास पड्किएर आगो फैलिएको भन्ने आफुहरुलाई जानकारी आएको डीएसपी भण्डारीको भनाई छ । नेपाल प्रहरी ,नेपाली सेना , सशस्त्र प्रहरी र स्थानीएको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज