काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादीमाथि प्रहरीले लाठी चार्ज गरेको छ। आज राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरी लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो। तर राजावादीहरू निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि तनावको अवस्था सुरू भएको हो।

