बझाङदिप क्याम्पसको स्ववियु सभापतिमा जोशीको उम्मेदवारी
चैनपुर- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदिप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि सुरेश जोशी (सुर्य ) ले उम्मेदवारी दिने भएका छन्
विद्यार्थी राजनितिबाट उदाएका जोशीले आउँदो चैत्र ५ गते हुने स्ववियु चुनावमा अनेरास्ववियू (एकिकृत समाजवादी) का तर्फबाट सभापतिमा उम्मेदवारी दिने भएका हुन ।
यो भन्दा अगाडि जोशी अनेरास्ववियु (नेकपा एमाले) बझाङ जिल्ला कोषाध्यक्ष तथा केदारस्युँ गाउँपालिका - ८ का वडा कमिटि अध्यक्ष समेत थिए ।
उनले केही दिन अगाडि मात्रै नेकपा एमाले त्यागेर एकिकृत समाजवादी बाट राजनिति गर्ने घोषणा गरेका थिए । जोशी क्याम्पसको स्ववियु उपसभापति समेत हुन् । उपसभापति भएर धेरै अनुभव बटुलेका जोशी त्यो ठाँका एक प्रभावशाली विद्यार्थी नेता समेत हुन । अहिले बझाङदिप क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै...











