बित्थडचिरको देउलेखमा आयोजित निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट लिए १ सय ८८ जनाले सेवा
नरेश बिष्ट बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बिहीबार गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य कार्यालय बझाङ तथा परिवार नियोजन संघले आयोजना गरेको निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सम्पन्न उक्त निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन्। जसमा ७६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, ७ जना महिलालाई पाठेघर खसेको समस्या समाधानका लागि रिङ पेसरी राखिएको छ।
यस्तै २८ जना गर्भवती महिलाको भिडियो एक्स-रे , २ जना महिलाको मिनिल्याप तथा ९ जना पुरुषहरूको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा प्रदान गरिएको छ ।
शिविरमा सेवा लिने आएका सेवाग्राहीलाई प्रोत्साहनस्वरूप ब्ल्याङ्केट वितरण गरी कार्यक्रम समापन गरिएको थियोे ।
शिविरमा स्वास्थ्य कार्यालय बझाङका टिम, रेडियोलोजिष्ट डा. रोह...











