Advertisement

नोभा हस्पिटलको सहयोगमा बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित ।

Advertisement

माघ १२, बेलौरी (कञ्चनपुर):

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. २ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवा अस्पताल प्रा.लि., धनगढी र बेलौरी नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा २०९ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका छन्। सेवाग्राहीमध्ये १४४ जना महिला र ६५ जना पुरुष रहेका छन्।

शिविरको उद्घाटन गर्दै बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. ललित चौधरी र विशेषज्ञ चिकित्सक डा. हरिस जोशीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए। घुँडाको दुखाइ, हाडजोर्नी समस्या, नशासम्बन्धी रोग तथा मेरुदण्डका समस्या भएका बिरामीहरूको जाँच र उपचारमा बायोरोस उपकरण प्रयोग गरिएको थियो। साथै, बिरामीहरूलाई निःशुल्क औषधि वितरण र परामर्श पनि प्रदान गरिएको थियो ।

नोभा अस्पतालका प्रशासन  पदम राज भट्टका अनुसार, शिविरमा चेकजाँच गराइएका बिरामीहरूलाई अस्पतालमा आएर थप उपचार गराउन चाहनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। शिविरमा सहभागी बिरामीहरूले एक हप्ताभित्र अस्पतालमा आएमा ओपिडि टिकट निःशुल्क पाउनेछन्। साथै, अन्य चेकजाँचहरूमा २०% छुट प्रदान गरिनेछ।

वडा नं. २ का अध्यक्ष कलवीर चौधरीले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुर्‍याउने बताए। “हाम्रो वडाका नागरिकहरूको स्वास्थ्यमा यस शिविरले सकारात्मक प्रभाव पारेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्नेछ,” उहाँले भन्नुभयो।

शिविर बिहान ११ बजेदेखि दिनभर सञ्चालन गरिएको थियो। स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी भएको आयोजकहरूले जनाएका छन्।

स्थानीय बासिन्दाहरूले यस्ता शिविरले स्वास्थ्य समस्या पहिचान र समाधानमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। “घरमै आएर उपचार सेवा दिनु हाम्रो लागि ठूलो राहत हो,” एक सहभागीले बताए ।

नोभा  अस्पताल प्रा.लि., धनगढी र बेलौरी नगरपालिका वडा नं. २ को संयुक्त पहलमा सम्पन्न यस शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा उदाहरणीय भूमिका खेलेको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।

कार्यक्रमको समापनमा आयोजकहरूले सबै सहभागी र सहयोगीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सामुदायिक सहयोग आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज