युवा एकता आजको आवश्यकता: शुक्लाफाटामा ‘जनजागरण युवा समाज’ गठन, सामाजिक विकासमा युवाको प्रतिबद्धता
कञ्चनपुर २७ - शनिबार , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं. १२ मा “युवा एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ समाजिक विकासलाई प्रभावकारी बनाउन र युवाहरूको सामूहिक भूमिकालाई सशक्त बनाउन ‘जनजागरण युवा समाज’ गठन गरिएको छ। वडा अध्यक्ष नवल सिंह रानाको अध्यक्षतामा आयोजित भेलामा सम्पूर्ण गाउँबासीको उपस्थितिमा समाजको गठन गरिएको हो।
समाजको प्रमुख उद्देश्य वडाभित्रका सामाजिक विकृति र विसंगतिलाई हटाउँदै दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने कार्यमा युवाहरूलाई संगठित गर्नु हो। साथै, वडामा भइरहेका राम्रो कार्यहरूको प्रोत्साहन र सहकार्य मार्फत विकासलाई थप गतिशील बनाउने लक्ष्यसमेत राखिएको छ।
समिति गठन
नवगठित समाजको अध्यक्षमा पूर्ण बहादुर साउद सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। अध्यक्ष साउदले युवाहरूको एकता र सक्रियतामार्फत वडाभरि सामाजिक सुधार र विकासका प्रयासलाई मूर्त रूप दिन समाज प...





