Advertisement

Day: २०८१ पुष २०, शनिबार २१:४८

नेकपा (बहुमत) कैलालीको अधिबेशन  प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

नेकपा (बहुमत) कैलालीको अधिबेशन प्रकाश रावलको नेतृत्व मा सम्पन्न ।

समाचार
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन शनिबार कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा सम्पन्न भएको हो। सम्मेलनले प्रकाश रावल (अनमोल) को नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको पार्टीका जिल्ला नेता रमेश साउंदले जानकारी दिएका छन्। कार्यक्रममा प्रमुख अतिथि सात नम्बर प्रदेश इन्चार्ज डिडी पाण्डे, विशिष्ट अतिथि तपेन्द्र तिमिल्सेना, केन्द्रीय सल्लाहकार राष्ट्रपति, शहीद परिवार केन्द्रीय अध्यक्ष अर्जुन, युवाका तत्कालीन महासचिव झलक विक, युवाको प्रदेश इन्चार्ज दिपेन्द्रलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन भानु कार्कीले गरेका थिए भने स्वागत मन्तव्य रमेश साउंदले दिनुभएको थियो। सम्मेलनद्वारा पारित नीति र आचारसंहिता सम्मेलनले जिल्ला सदस्यहरूका लागि निम्न नीतिहरू र आचारसंहिताहरू पारित गरेको छ:...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

समाचार
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समितिको बिस्तारित बैठक आज मिति २०८१ पुष २० गते धनगढीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष तप्त भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरू समाजको महत्त्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको हक, अधिकार र सुरक्षाका लागि प्रदेश सरकारसँग निरन्तर संवाद गर्न महासंघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ ढुंगाना, प्रदेश समिति सदस्य शान्ति भट्ट जोशी, डा. निरज अर्याल, महासंघ केन्द्रीय समिति सदस्य भरत खाती, ईश्वरी भुसाल, महेश भाट, र मिनबहादुर बिक रहेका थिय । राष्ट्रिय फार्मेशि  संगठनका सुदूरपश्चिम अध्यक्ष माहा ...
एथलेटिक्सका ५३ जनालाई तालिम

एथलेटिक्सका ५३ जनालाई तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ । एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष - पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि - जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे । यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे । सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकु...
धनगढीको सि.पि अस्पताल र बेलडाँडी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढीको सि.पि अस्पताल र बेलडाँडी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार
  धनगढी, पौष २० – सि.पि अस्पताल, धनगढी र कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलता साथ सम्पन्न भएको छ। बिहान १० बजेदेखि बेलडाँडी गाउँपालिकाको कार्यालय प्रांगणमा सञ्चालन भएको शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, उपचार, र परामर्श सेवा प्रदान गरेको थियो। विशेषज्ञ टोलीमा वरिष्ठ सर्जन डा. सिपि पाण्डे, जनरल फिजिसियन डा. गौरव कुमार गुप्ता, र हाडजोर्नी विशेषज्ञ डा. अमित बहादुर सिंह लगायतले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा रगत परीक्षण, भिडियो एक्सरे, फार्मेसी सेवा लगायतका निःशुल्क सेवा उपलब्ध गराइएको थियो। शिविरबाट करिब ६०० जनाले ओपीडी सेवा लिएका छन् भने ६० भन्दा बढी बिरामीले भिडियो एक्सरे सेवा प्राप्त गरेका छन्। गरिब तथा विपन्न वर्गका लागि राहत आर्थिक अभावका कारण उपचारबाट बञ्चित ...
बझाङ एमालेलाई महासचिवको सुझाव- एकतावद्ध भएर अघि बढ्नुहोला

बझाङ एमालेलाई महासचिवको सुझाव- एकतावद्ध भएर अघि बढ्नुहोला

समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बझाङ जिल्लाको नवनिर्वाचित कमिटीलाई एकतावद्ध भएर अघि बढ्न सुझाव दिएका छन्। भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुभकामना र बधाई दिँदै महासचिवले पार्टी बलियो बनाउनेगरी लाग्न सुझाव दिएका हुन् ‘हाल जिल्ला कमिटीमा नयाँ नेतृत्व आएको छ। पार्टी निर्देशनलाई अक्षरशः पालना गर्नु आवश्यक छ, जसले पार्टीलाई अझ बलियो बनाउँछ,’ महासचिव पोखरेलले भने, ‘पार्टी बलियो एकतावद्ध भएर अघि बढुनुहोला’ उनले नयाँ नेतृत्वलाई पार्टीका योजना र रणनीतिहरू तयार गर्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका थिए। पालिका अधिवेशन फागुन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै उनले युवा नेतृत्वले पुराना नेताहरूको अनुभवको सुनेर योजना तथा रणनिति अपनाउन जोड दिए। महासचिव पोखरेलले पार्टीको जिम्मेवारी पूरा गर्न सहकार्य र सल्लाहलाई ...
कैलालीमा लागू औषधसहित १० जना पक्राउ

कैलालीमा लागू औषधसहित १० जना पक्राउ

समाचार
कैलाली जिल्लामा प्रहरीको कर्डन एण्ड स्विप अपरेसनअन्तर्गत लागू औषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, र विभिन्न स्थानबाट लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले विभिन्न स्थानमा अपरेशन गरी ८ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ। पक्राउ र बरामद भएका स्थानहरू 1.धनगढी उपमहानगरपालिका-०२, भन्सार नजिक •खैरो हेरोइन: ६ ग्राम १८० मिलिग्राम •पक्राउ: मोहन राना (३४), कञ्चनपुर कृष्णपुर नपा-०७ 2.धनगढी उपमहानगरपालिका-१०, घुईयाघाट •खैरो हेरोइन: ८४० मिलिग्राम •पक्राउ: प्रभुपन राना (२५) र अमन राना (१८), कैलाली धनगढी नपा-०७ 3.टीकापुर नगरपालिका-०२, आखाँ अस्पताल नजिक •खैरो हेरोइन: ८० मिलिग्राम •पक्राउ: विक्रम ...
कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

समाचार
  कैलाली, पुस २० जिल्लाको विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ४ लाख ११ हजार ७५० बराबरको अवैध मालसामान प्रहरीले बरामद गरी भन्सार कार्यालय पठाएको छ। फुलबारीमा मोबाइल ग्लास, साडी र प्याज बरामद वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित फुलबारी बसपार्कबाट अन्दाजी रु. २ लाख ६७ हजार ७०० मूल्य बराबरका विभिन्न मोबाइलका ग्लास, साडी र प्याज बरामद गरेको छ। टिकापुरमा सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद त्यसैगरी, प्रहरी चौकी सत्तीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले टिकापुर नगरपालिका वडा नं. ७, डाँडाबोझीबाट अन्दाजी रु. १ लाख ३५ हजार ५०० मूल्य बराबरका सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद गरेको छ। बिशालनगरबाट युरिया मल, चिनी र पानिपुरी फेला त्यसैगरी, अस्थ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज