Advertisement

सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ

Advertisement

कैलाली, पुस १० –सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको टिकापुर नगरपालिका वडा नं. १ स्थित एक घरमा राखिएका विभिन्न सुनचाँदीका गरगहना र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की-चुहा नगरपालिका वडा नं. ४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। प्रहरीका अनुसार उनीहरू टिकापुर नगरपालिका वडा नं. १ गणेशपुरस्थित धर्मा जैशीको घरभित्र कालो झोलामा गरगहना राखेर बसेको अवस्थामा फेला परेका थिए।

पक्राउ परेका सामग्रीहरू

प्रहरीले उनीहरूको साथबाट निम्न सामग्रीहरू बरामद गरेको छः

१. ५० ग्रामको चाँदीको सिक्का – १ थान

२. हिराजस्तो देखिने पत्थर भएको औंठी – २ थान

३. सुनजस्तो देखिने बेरुवा औंठी – १ थान

४. सुनजस्तो देखिने सिक्री – १ थान

५. सुनजस्तो देखिने पानको पातजस्तो सिक्री – १ थान

६. हिरा जडित सुनजस्तो झुम्का – १ जोर

७. सुनजस्तो देखिने औंठी – १ थान

८. खुट्टाको औंलामा लगाउने सुनजस्तो देखिने बिछिया – २ थान

९. कालो पोते भएको नागिनी माला – १ थान

१०. चारकुने टप – १ जोर

११. कानमा लगाउने स्टार भएको सुनजस्तो झुम्का – १ थान

१२. कानमा लगाउने रिङ – १ जोर

१३. सुनजस्तो देखिने सानो टुक्रा – १ थान

१४. नगद रु. १३,०००/-

१५. एफजेड यामाहा मोटरसाइकल

अनुसन्धान जारी

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज