धनुषाबाट दुई सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
शनिबार साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३