११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको छ ।
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
२०८१ कार्तिक ११, आईतवार २१:५६२०८१ कार्तिक ११, आईतवार २१:५६२०८१ कार्तिक ११, आईतवार २१:५६ by माहाओम राज जोशीNo Comments
राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छाप्ने भएको छ।
नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ कम्पनीले पाएको छ।
चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो।
३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर एक सय ३४ रूपैयाँ २४ पैसाको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो।
यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ।...
२०८१ कार्तिक ११, आईतवार २१:४३२०८१ कार्तिक ११, आईतवार २१:४३२०८१ कार्तिक ११, आईतवार २१:४३ by माहाओम राज जोशीNo Comments
काठमाडौँ —अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो । ‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौं,’ महाप्रबन्धक निरौलाले भने ।
उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाज...
२०८१ कार्तिक ११, आईतवार २१:३९२०८१ कार्तिक ११, आईतवार २१:३९२०८१ कार्तिक ११, आईतवार २१:३९ by माहाओम राज जोशीNo Comments
काठमाडौँ —साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेलमा १/१ गोलको बराबरीमा खेलिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समय अवरुद्ध भएको खेल सुरु हुनासाथ नेपालकी खेलाडी सावित्रा भण्डारी 'साम्बा' ले गोल फर्काएकी छन् । दोस्रो हाफपछि भारतले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो ।
दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।
नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपवि...
२०८१ कार्तिक ११, आईतवार १८:२२२०८१ कार्तिक ११, आईतवार १८:२२२०८१ कार्तिक ११, आईतवार १८:२२ by माहाओम राज जोशीNo Comments
कुनै बेला बलिउडको छायाँमा हुर्किएको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँका स्टारहरु पनि उत्तिकै महंगा बनिरहेका छन् । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् ।
सुपरस्टार थलापति विजयले आफ्नो करिअरको अन्तिम फिल्म ‘थलापति ६९’का लागि २७५ करोड भारु पारिश्रमिक लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेका थिए । अब उनीभन्दा महंगा अभिनेता अल्लू अर्जुन बनेका छन् । उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक बुझेको ट्रयाक टलिउडले उल्लेख गरेको छ । योसँगै उनी सबैभन्दा महंगो पारिश्रमिक बुझ्ने भारतीय अभिनेता बनेका छन् ।
‘पुष्पा’को सफलताले अल्लूको ‘स्टार भ्यालु’ मात्र बढाए...
२०८१ कार्तिक ११, आईतवार १२:२८२०८१ कार्तिक ११, आईतवार १२:२८२०८१ कार्तिक ११, आईतवार १२:२८ by माहाओम राज जोशीNo Comments
धनुषाबाट दुई सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
शनिबार साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।...
२०८१ कार्तिक ११, आईतवार ११:५२२०८१ कार्तिक ११, आईतवार ११:५२२०८१ कार्तिक ११, आईतवार ११:५२ by माहाओम राज जोशीNo Comments
दाङ — देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५लठ्ठहवाका ४० वर्षीय गरिवु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शनिबार राति ट्याक्टरबाट पराल झार्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
२०८१ कार्तिक ११, आईतवार ११:४९२०८१ कार्तिक ११, आईतवार ११:४९२०८१ कार्तिक ११, आईतवार ११:४९ by माहाओम राज जोशीNo Comments
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् ।
“एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि । धम्काएको भरमा खाने ! तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने ।
यसअघि शनिबार माओवादी केन्द्रले सरकारविरोधी प्रदर्शन गरेको थियो । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताप्रति गम्...