Advertisement

Day: २०८१ आश्विन ८, मंगलवार १८:०३

“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैया निवासी समाजसेवि करन साउद द्रारा वडाका युवालाई खेलकुदमा प्रेरित गर्नेको लागि फुटबल हस्तान्तरण गर्नु भएको छ। बिगत लामो समय देखि राजनीति सङ्गै समाजसेवामा सकृय साउद ।वडामा हुने थुप्रै समस्या सङ्ग साथ सहयोग गर्दै आउनु भएको छ। समाजसेवा नै धर्म हो भन्ने उहाँ । उहाँ भन्नू हुन्छ पछिल्लो चरणमा थुप्रै युवाहरु लागुपदार्थमा लागेका ले युवालाई सिर्जनात्मक कार्य जस्तै खेलकुदको माध्यम द्रारा उहाँहरु प्रेरित गर्ने कुरा बताउनु भयो। उहाँले भन्नू भयो खेल एउटा पहिचान र अनुशासन हो खेलको माध्यम द्रारा पनि नेपाललाई बिश्व माझ चिनाउन सक्ने कुरा व्यक्त गर्नु भयो। साउद भन्नू हुन्छ प्रतेक वडामा भएका युवाहरुलाई सहि ठाउँ र साथ सहयोग गर्नु हामी सबैको दायित्व हो भन्ने कुरा व्यक्त गर्नु भयो ।कतिपय राज्यका नजर नगएको ठाउँमा थुप्रै चोटि समाजसेवि साउदले सहयोग गर्दै आउनु भएको छ्।...
कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले जनतालाई अनुभुती हुने गरी काम गर्न कैलालीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य, ब्यवस्था तथा गुण नियन्त्रण, बाणिज्य तथा नापतौल लगायतका कार्यालयको प्रगती बारे असन्तुस्टी जनाउँदै सरकारी लक्ष र जनतालाई अनुभुती हुने खालले काम गर्न निर्देशन दिएका हुन् । बाणिज्य कार्यालय, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय, भन्सार र आन्तरिक राजश्व कार्यालयका गतिबिधि बढेको पाइएन मन्त्री भण्डारीले अशन्तुस्टी पोख्दै भने “तपाइहरुको प्रगती पुरानै स्थितीमा छ भन्ने अहिलेको प्रस्तुतीले थाहा भएको छ, प्रगती बढाउनुस, कहाँ कसले समन्वय सहकार्य गर्ने हो गर्...
नागरिक उन्मुक्तिका दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा

नागरिक उन्मुक्तिका दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार
धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ । सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही फुकुवा गरेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेकी छन् । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेकी थिइन् । झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा गरेको सांसद गङ्गाराम चौधरीले जानकारी दिए ।...
साताभर वर्षाको सम्भावना, बिहीबारदेखि अझ धेरै वर्षा हुने

साताभर वर्षाको सम्भावना, बिहीबारदेखि अझ धेरै वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
केही समय सुस्ताएको मनसुन फेरि सक्रिय भएको छ । जसअनुसार मंगलबारदेखि साताभर वर्षाको सम्भावना रहेको छ । बिहीबारदेखि शनिबारसम्म भने देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शनिबारम्म वर्षाको सम्भावना छ,’ मौसमविद् गोविन्द झाले भने, ‘बंगालआसपास बनिरहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दै छ । स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो ।’ बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर बादल लाग्नेछ । दिउँसो लुम्बिनीका पश्चिमी भूभाग तथा सुदूरपश्चिमका तराईका धेरै स्थानमा हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा पनि वर्षा हुने देखिएको छ । बुधबार सातवटै प्रदेशका केही स्थानमा मध्यम ...
कञ्चनपुरमा तास खेलिरहेका १६ जना पक्राउ

कञ्चनपुरमा तास खेलिरहेका १६ जना पक्राउ

Breaking News 1, कन्चनपुर, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो। उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास बरामद गरिएको कञ्चनपुुर प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहको बताइएको छ।...
कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, सुदूरपश्चिम
धनगढी: कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको हो। कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज