Advertisement

बझाङमा ७७ बर्षिया कृषक सहित १० जना कृषकहरु सम्मानित

Advertisement

बझाङमा ७७ बर्षिया कृषक सहित १० जना कृषकहरु सम्मानित भएको छन ।

उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्लाकाे सदरमुकाम चैनपुरमा १० जनालाई सम्मान गरिएको हाे ।

कृषि ज्ञानकेन्द्र बझाङले उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको थियाे । जिल्लामा आफ्नै लगानी तथा कृषि ज्ञानकेन्द्रकाे सहयाेगमा राम्रो काम गरिरहेका कृषकहरुलाई प्रमाणपत्र खादा सहिन नगद पुरस्कार हस्तान्तरण गरिएको हाे ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा कृषि ज्ञानकेन्द्र प्रमुख टेक बहादुर बिष्टकाे अध्यक्षतामा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेल विशिष्ट अतिथि पशु सवा केन्द्र बझाङ प्रमुख विनाेद कठायत विशिष्ट अतिथि सहित पत्रकार कृषकहरुकाे उपस्थिति रहेको थियाे ।

दश जना कृषकलाई वितरण गरिएको पुरस्कारमा ७७ बर्षिया बृद्ध कृषक पनि हुनुहुन्थ्यो उहाँलाई आफू यसरी सम्मानित हुदा अझै खुसि लागेको र आफू ७७ बर्षकाे नभएको महसुस गरेको दुर्गाथली गाउँपालीका वडा नम्बर ३ का धने राेकायाकाे भनाइ थियाे ।

सम्मानित हुने कृषकहरुमा धनलक्ष्मी जाेशी,रामबहादुर सिँह ,गाेपिलाल बिष्ट ,ग्रीस बाेहरा ,जयबहादुर बाेहरा,धने राेकाया,हर्कबहादुर सिँह ,महेश धामी धनबहादुर अधिकारी ,पुर्णप्रशाद उपाध्याय रहेका छन ।

सम्मानित हुने कृषकहरु भने कुनै सरकार बाट ठुलाे अनुदान नपाएका तर कृषि ज्ञानकेन्द्र सहित आफ्नो व्याक्तिगत लगानीमा काम गरिरहेका कृषकहरु परेका छन । यता कृषि ज्ञानकेन्द्र प्रमुख टेकबहादुर बिष्टले भने, हाम्राे लाई हैन राम्रो लाई अगाडि बढाउने आफ्नो चाहाना भएको र जिल्लामा केही गरेरै देखाउने उनकाे भनाइ छ । सम्मानित कृषकहरुलाई जनहि दस दस हजार पुरस्कार सहित खादामाला र प्रमाणपत्रले सम्मान गरिएको थियाे ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज