Advertisement
Sunday, July 13

बझाङको ऐतिहासिक ‘बान्नीकी चैतली’ मेला सुरु

Advertisement

बझाङ : बझाङ जिल्लामा लाग्ने प्रशिद्ध धार्मीक तथा ऐतिहासिक मेला ‘बान्नीकी चैतली’ आजबाट सुरु भएको छ ।जिल्लाको छबिस पाथीभरा गाउँपालिकामा लाग्ने सो मेला गर्दछ

किम्बदन्ति अनुसार शक्तिशाली महिसासुर दानवले देवी देउतालाई दुःख दिनथालेपछि दुर्गादेवी माताले महिसासुरलाई मार्न जंगलबाट काँकर ल्याउन भनेपछि मेलाको सुभारम्भ भएको मान्यता छ । महिसासुर दानवमाथि विजयी गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको धार्मिक मान्यता छ ।

सोही अनुसार चैते औंसीको दिन बझाङका स्थानीय तीन वटा छुट्टाछुट्टै स्थानमा गएर लुंगो अर्थात काँकर ल्याउने गर्दछन् । जसलाई काँकरे औंशी भन्ने गरिन्छ । त्यसको १३ दिनपछि सोही काँकरको प्रदर्शन चैतली मेलाको मुख्य विशेषता मानिन्छ । तीन वटा काँकर मध्य आजका दिन पहिला मुम्लाको काँकर पर्दशन गरिएको छ । त्यसपछि काँकर लाई अगाढी बढाएपछि मुम्ला तर्फको काँकरको प्रदर्शन गर्दै ठाडो पारेर हिँडाइन्छ र अन्तिममा बाँन्नीचौरमा रहेको बोहरा समुदायको काँकरलाई पनि विस्तारै प्रर्दशनमा ल्याइन्छ ।

तीन वटै काँकरलाई मष्टा मन्दिरमा चढाएपछि तीन वटै काँकर पक्षका समुह मिलेर भकुण्डो (घरपालुवा जनावरको छाला बाट निर्मित ठूलो आकारको बल) खेलिन्छ । जसलाई महिशासुरको टाउकोका रुपमा पनि लिने प्रचलन रहेको छ । चैतली मेला भर्न आएका हजारौं श्रदालुहरुले बान्नीको काँकर र बान्नी मष्टाको दर्शन गर्ने गर्दछन् । मेलामा डेउडा प्रतियोगिताको आयोजना गरिने गरिन्छ । चैत्र औँसीका दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा हुँदै त्रयोदशी सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका पुजारीहरु चोखो भएर ब्रत बस्ने गर्दछन् ।

छविस पाथीभरा गाउँपालिकामा रहेको बान्नीकी चैतली हेर्न सदुपश्चिम लगायत विभिन्न स्थानबाट श्रदालु भत्तजन सँगै जात्रुहरु सो स्थानमा पुग्ने गर्दछन् । स्थानीयको घरमा जस्तोसुकै समस्या आइपरे पनि अनिवार्य रुपमा यो पर्व मन्नु पर्ने प्रावधान रहेको छ । घरमा मान्छेको मृत्यु भएको अवस्थामा पनि लास घरमै राखेर यो मेला मनाउने चलन रहि आएको स्थानीयले बताएका छन् । दसैँ तिहार भन्दा पनि ठूलो पर्वका रुपमा यस पर्वलाई मनाउने गरेको स्थानीय सुरेश रोकायाको भनाइ छ । यो वर्ष मेलाको आकर्षण बढाउनका लागि डेउडा लगाएत विभिन्न कार्यक्रमको आयोजना गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज