कंचनपुर को लालझाडी गाउँपालिका मा आज मिती २०८१/०१/०४ गते का दिन देखि आँखा उपचार केन्द्र संचालन मा आएको छ । उक्त आँखा उपचार केन्द्र को उद्घघाटन गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले गरेका छन । च्यारेटी हेल्थ फाउन्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पताल को सहकार्य मा उक्त आँखा उपचार केन्द्र संचालन हुने भएको छ ।

सर्वसाधारण जनता को पहुच मा पुगोस् भन्ने हेतुले उक्त उपचार केन्द्र स्थापना गरिएको प्रशासकीय अधिकृत राज बहादुर ले जानकारी गराएका छन । साथै सम्पुर्ण ६ वटै वार्ड का जनता हरुलाइ नि:शुल्क आँखा शिविर पनि संचालन गरिएको छ ।

च्यारेटी हेल्थ फाउन्डेसन नेपाल तथा धनगढी नेत्रालय आँखा अस्पताल र लालझाडी गाउँपालिका बिच गत माघ १० गते निम्न सम्झौता भएको थियो ।

गाउँपालिका मै आँखा जस्तो शरिरको अति संबेदनसिल अङ्ग को उपचार पाउने भएपछी स्थानीयवासी पनि हर्सित छन् । झन बुढापाखा हरुमा छुट्टै खुसियाली छाएको छ ।

