Advertisement

Day: २०८१ बैशाख ४, मंगलवार १५:१७

कंचनपुर को लालझाडी गाउँपालिका मा आँखा उपचार केन्द्र संचालनमा

कंचनपुर को लालझाडी गाउँपालिका मा आँखा उपचार केन्द्र संचालनमा

कन्चनपुर, सुदूरपश्चिम, स्वास्थ्य
कंचनपुर को लालझाडी गाउँपालिका मा आज मिती २०८१/०१/०४ गते का दिन देखि आँखा उपचार केन्द्र संचालन मा आएको छ । उक्त आँखा उपचार केन्द्र को उद्घघाटन गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले गरेका छन । च्यारेटी हेल्थ फाउन्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पताल को सहकार्य मा उक्त आँखा उपचार केन्द्र संचालन हुने भएको छ ।  सर्वसाधारण जनता को पहुच मा पुगोस् भन्ने हेतुले उक्त उपचार केन्द्र स्थापना गरिएको प्रशासकीय अधिकृत राज बहादुर ले जानकारी गराएका छन । साथै सम्पुर्ण ६ वटै वार्ड का जनता हरुलाइ नि:शुल्क आँखा शिविर पनि संचालन गरिएको छ ।  च्यारेटी हेल्थ फाउन्डेसन नेपाल तथा धनगढी नेत्रालय आँखा अस्पताल र लालझाडी गाउँपालिका बिच गत माघ १० गते निम्न सम्झौता भएको थियो ।  गाउँपालिका मै आँखा जस्तो शरिरको अति संबेदनसिल अङ्ग को उपचार पाउने भ...
गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो। कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका बन्द गर्न लागिएको हो।  मंगलबार साँझ सवा ५ बजेदेखि मतदान नसकिउञ्जेलसम्म नेपाल-भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । स्वास्थ्य सेवाका लागि भने नाका खुला नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।...
आज चैतेदशैँ, देवीको पूजा र उपासना गरी मनाइँदै

आज चैतेदशैँ, देवीको पूजा र उपासना गरी मनाइँदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा  देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ। काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा ब...
महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

मुख्य समाचार, राजनीति
यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ । समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, व...
सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्योलमै

सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्योलमै

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन । गएकाे आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा परेको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन नागरिक उन्मुक्ति पार्टी शुरुदेखि नै दुई समूहमा विभाजित छ । एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन् । केन्द्रीय सत्ता गठबन्धन विपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएको छ । कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई ज...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

ब्यापार, मुख्य समाचार
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको हो । अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतकाे चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गतकाे सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतकाे काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज