Advertisement

Day: २०८० चैत्र १७, शनिबार १३:३५

बैतडीमा हराएका दुई बालक पाँच दिनपछि भेटिए

बैतडीमा हराएका दुई बालक पाँच दिनपछि भेटिए

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडीः हराएका दुई बालक पाँच दिनपछि भेटिएका छन्। बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका छन्। चैत्र १२ गतेदेखि घरबाट विद्यालय जान्छु भन्दै हिडेका करिब १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन्। हराएका दुबै बालक सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ।...
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

मुख्य समाचार, समाचार
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।...
दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो

दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो

दार्चुला, मुख्य समाचार
दार्चुला : दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे ज्यान गएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हाे हिजो बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लड्नुभएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । लुहारकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ ।...
त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

मुख्य समाचार, शिक्षा
त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ । विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो । साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो । ...
पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना

पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमसँगै कोशी प्रदेशका पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना छ । भारतबाट पानी पार्ने बादल नेपाल प्रवेश गरिरहेको र स्थानीय प्रभावले पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ । भोलिदेखि मौसममा केही सुधार हुने मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज