दार्चुला : दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे ज्यान गएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हाे
हिजो बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लड्नुभएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
लुहारकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३