
धनगढी – धनगढीमा रहेको उदयदेव सहकारीद्वारा सदस्यहरुसँग वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शुक्रवार उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय धनगढीमा शाखाका समन्वय उप- समिति र केन्द प्रमुखहरूको उपस्थितिमा एक कार्यक्रमबीच सदस्यहरुसंग बित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सदस्यहरूले संस्था प्रतिको विश्वास सधैं कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।
महेन्द्रनगरबाट बित्तीय सेवा दिँदै आइरहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय धनगढीले आज एक कार्यक्रम बीच केन्द्र प्रमुखहरूको उपस्थितिमा बित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विगत २५ वर्ष देखि सेवा दिँदै आइरहेको धनगढी शाखाका कर्मचारी जगदीश भट्ट ले जनकारी दिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ शाखा प्रमुख मान बहादुर चन्दले सदस्यहरूको संस्था भएका कारण सदस्यलाई सम्पूर्ण कुराको जानकारी दिने र सुझाब संकलन सधैं गरिरहने कुरा जानकारी गराए ।


