बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण
बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे दुर्गम बस्ती साईपालमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
करिव ३/४ दिनको पैदल यात्रा हिडेर पुगिने स्थानीयसरकार साईपाल गाउँपालीकामा समाजसेवी बिष्णु ऐडीकाे पहलमा साइपाल गाउँपालिका भ्रमण गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता प्रेम राेकायाले बताए ।
नेपाली काङ्ग्रेसका नेता बिष्णु ऐडी लगायतकाे टाेलिले बिहिबारबाट बझाङ जिल्लाको अत्यन्तै विकट साइपाल गाउँपालिका भ्रमण संगै विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग स्वरुप वितरण गर्ने अभियान सुरु गरेको सँगसँगै रहेका खप्तड छान्नाका युवा नेता सराेज राेकायाले बताउनु भयाे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीको आर्थिक सहयोगमा समाजसेवी बिष्णु ऐडीले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षि...


