धनगढी – कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ ।
शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
उनका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ ।
हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । धनगढीबाट बेहडाबाबा मन्दिरसम्म सहज रूपमा आवातजावतका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक मर्मत गरिसकेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३