Advertisement

Day: २०८० फाल्गुन २४, बिहीबार २१:०२

भोलि धनगढीको बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गरिने 

समाचार
धनगढी - कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ ।  शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।  धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताए ।   उनका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ ।  हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ ।  धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । धनगढीबाट बेहडाबाबा मन्दिरसम्म...

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

समाचार
कञ्चनपुर - प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका  गिरीसहित छजनालाई जरिवाना तोकेको थियो ।  सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो । तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले  फरार अभियुक्त पक्राउ गरी कानुनी दायर...

रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

समाचार
काठमाडौँ - निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ। नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साबिककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनले तोकेको योग्यताबमोजिम अदालतको फैसलाका आधारमा चौधरी दलको अध्यक्ष हुन योग्य नहुने निर्णय गरिएको जानकारी गराए । कैलालीको टीकापुरमा २०७२ सालमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेको थियो।  गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाइ चौधरी रिहा भएका थिए ।...

लोकसेवामा एकै वर्ष ६ स्थानमा नाम निकालेकी बाजुराकी जैशीलाइ सम्मान

समाचार
धनगढी - बाजुराको बुढीगंगा नगरपालिका-६ की छाया जैशीलाइ बुढीगंगा नगरपालिकाद्वारा सम्मान गरेका छन् ।  लोकसेवा आयोगले लिएको परिक्षामा एकै वर्ष ६ स्थानमा नाम निकाल्न सफल भएकी जैशीलाइ बुढीगंगा नगरद्वारा सम्मान गरेको वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् । नगर उपप्रमुख माया खड्का कुवरद्वारा जैशीलाई मायाको चिनो तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।  सामान्य परिवारमा हुर्केकी जैशीले घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि गाउँमै सरकारी विद्यालयमा पढेर उक्त सफलता हासिल गरेकाले उनलाई सम्मान गरेको नगर प्रवक्ता हेमराज जैशीले बताए । जैशी हाल पशु प्राविधिक रा. प. अं. प्रथम पदमा राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जमा कार्यारत छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज