धनगढी – बाजुराको बुढीगंगा नगरपालिका-६ की छाया जैशीलाइ बुढीगंगा नगरपालिकाद्वारा सम्मान गरेका छन् ।
लोकसेवा आयोगले लिएको परिक्षामा एकै वर्ष ६ स्थानमा नाम निकाल्न सफल भएकी जैशीलाइ बुढीगंगा नगरद्वारा सम्मान गरेको वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।
नगर उपप्रमुख माया खड्का कुवरद्वारा जैशीलाई मायाको चिनो तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
सामान्य परिवारमा हुर्केकी जैशीले घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि गाउँमै सरकारी विद्यालयमा पढेर उक्त सफलता हासिल गरेकाले उनलाई सम्मान गरेको नगर प्रवक्ता हेमराज जैशीले बताए ।
जैशी हाल पशु प्राविधिक रा. प. अं. प्रथम पदमा राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जमा कार्यारत छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३