Advertisement

Day: २०८० फाल्गुन १६, बुधबार १८:२६

कैलालीको मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना 

समाचार
मसुरिया - कैलालीको गौरीगंगा-७, मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना गरिएको छ ।  बुधबार गौरीगंगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेलको प्रमुख आतिथ्यतामा उक्त सुधार केन्द्र को उद्घाटन गरिएको हो ।  "हाम्रो एक मात्र चाहना नशा नशा मुक्त समाजको परिकल्पना" भन्ने मुल नाराका साथ उक्त सुधार केन्द्र स्थापना गरिएको हो । उक्त कार्यक्रममा खप्तड बहुमुखी क्याम्पास प्रमुख मदन जोशी, काली रक्षा गण कर्नेल निरज थापा, मसुरिया खाने पानी अध्यक्ष कमल जोशी, गौरीगंगा नगरपालिकाका पूर्व नगर प्रमुख भिम देउवा, एमाले जिल्ला सदस्य सागर थापा, वडा नम्बर ०४ का सदस्य बलराम सापकोटा र मसुरिया व्यवस्थापन समिति अध्यक्ष हरि जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नशा मुक्त समाज परिकल्पनाको लागि आदर्श नेपाल सुधार केन्द्र खोलिएको संस्थाका अध्यक्ष चेतराज पुरीले बताए ।  कार्यक्रममा बोल्दै...

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

समाचार
धनगढी – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए ।  नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।...

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

समाचार
धनगढी – टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो  खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।  खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।  टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो  । यस्तै लिग-२ मा नेपाल र नेदरल्यान्ड्सबीच भएकाे खेलमा दुवै टाेलीले एक/एक खेल जितेका थिए । ...

सुदूरपश्चिममा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

समाचार
कञ्चनपुर - सुदूरपश्चिममा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ ।  महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो ।  महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले भने,“अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।” रक्तरोग विशेषज्ञ डा ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताए । “वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ”, उनले भने, “बालबालिकामा हुने क्यान्सर अलि फरक छ, ...

कैलाली–कञ्चनपुरका रानाथारू समुदायको होरी सुरु

समाचार
धनगढी - कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ ।  फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ । पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ ।  गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ ।  पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज