Advertisement

Day: २०८० फाल्गुन १५, मंगलवार २२:४०

धनगढीको निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

समाचार
धनगढी - निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त सम्मानित भएका छन् ।  धनगढी प्याब्सनद्वारा साताैं प्याब्सन फेस्टिबलमा स्वास्थ्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै अध्यक्ष पन्तलाई सम्मानित गरिएको हो ।  पन्तले आफ्नाे अस्पताल तथा अन्य क्षेत्रबाट सुदूरपश्चिम तथा धनगढीकाे शिक्षा क्षेत्रमा पुर्याएकाे याेगदानकाे सम्मान गरेकाे प्यनब्सनका सचिव लाेकराज पन्तले बताए ।  साताै प्याब्सन फेस्टिबल आज १५ गतेदेखि सुरु भएकाे छ ।...
दिवङ्गत नेता रविन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन!

दिवङ्गत नेता रविन्द्र अधिकारीको स्मृतिमा दीप प्रज्वलन!

समाचार
महेन्द्रनगरः नेकपा एमाले कन्चनपुरले दिवङ्गत नेता रविन्द्र अधिकारीको स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। मंगलबार बेलुकी महेन्द्रनगरस्थित मदन चोकमा एमालेले अधिकारीको स्मृतिका अवसरमा दीप प्रज्वलन गरेको हो।कार्यक्रममा एमाले कञ्चनपुरका नेताका साथै अनेरास्ववियुका विद्यार्थी नेताको सहभागीता रहेको थियो। कार्यक्रममा पूर्व सांसद नरबहादुर धामी, एमालेको लेखा आयोग सदस्य ईश्वरी खरे, एमाले कन्चनपुर सचिव पल्बराज भट्ट, उपसचिव कर्ण बहादुर चन्द, प्रदेश सदस्य हिरा चन्द, अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सचिव कमल रोकाया, कञ्चनपुर संयोजक अमर धामी, नरेन्द्र कार्की, जनकराज अवस्थी, दीपक राज अवस्थी, विक्रम थापा, बिष्णु कण्डेल र धर्मराज जोशी लगायतको उपस्थिती थियो। पूर्वमन्त्री अधिकारीको ६ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु भीमदत्त नगर इन्चार्ज एंवम् जिल्ला कमिटी सदस्य बाशुदे...

कैलालीमा युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक नाबालक पक्राउ

समाचार
धनगढी - कैलालीमा एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।  प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए।...

फेरिए माओवादी केन्द्रका प्रदेश इन्जार्ज, सुदूरपश्चिममा पोखरेल

समाचार
धनगढी - नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरू फेरिएका छन्।  आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो। बैठकको निर्णयअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बाग्मतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ। यसैगरी पार्टीले विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय समितिको जिम्मेवारी देव गुरुङलाई  दिइएको छ। प्रवासअन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीले जिम्मेवारी पाएका छन्। कार्यविभाजन मंगलवार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधवार पनि बैठक बस्ने पार्टीले जनाएको छ।...

भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुन थाल्याे, सूचना पाउनै मुस्किल : अख्तियार प्रमुख राई

समाचार
काठमाण्डाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको बताए ।  नेपाल एअरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचना अरू देशका निकायहरूसँग लिनुपर्नेमा सूचना लिन नसकेको उनको भनाइ छ । नेपालले अरू देशहरूसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले ती देशका निकायहरूले सूचना दिन अस्वीकार गरेका प्रमुख आयुक्त राईले बताए ।...

धनगढीका एक युवक लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ

समाचार
धनगढी - कञ्चनपुरबाट कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट २ सय ८० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुरका २६ वर्षीय सुरज शाही सोमबार साँझ लागुऔषधसहित पक्राउ परेका हुन्। प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।...

डडेल्धुराको परशुराममा सुविधासम्पन्न पुस्तकालय बन्दै, डीपीआर तयार 

समाचार
डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ।  नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो। `परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका विभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्,´ मेयर भरत जोशीले भने, `यसै क्रममा परशुराम नगरपालिका र सुदुरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो।´ मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डरसमेत आह्वान गरिएको छ।...

मिर्गौला पीडित अधिकारीलाई एक लाख ४० हजार सहयोग

समाचार
गौरीगंगा - बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ घर भएका नेत्रप्रसाद अधिकारी मिर्गौला पीडित छन् ।  घरको कमजोर आर्थिक अवस्थाका कारण ऊनी हाल रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनले दुई वर्ष अगाडि कामना टेलिभिजनका संवाददाता हिमाल साउदलाई सहयोगका लागि अपिल गरेका थिए । त्यो बेला कामनाकर्मी साउदको सहकार्यमा सुदूरपश्चिमेली नेपाली समाजले  दुई महिना खादन्न र थप उपचार को लागि केही नगद हस्तान्तरण गरिएको थियो । उक्त रकमले प्रत्येक हप्तामा हुने डाइलेसिस गर्न नपुग्ने र श्रीमतीको कमाइमा खान मात्र ठिक हुन थालेपछि उनले फेरि सयोग अपिल गर्दा प्रेम सिङको संयोजकत्वमा ९ जना को सहयोग संकलन समिती बनाई दुई महिना आर्थिक सहयोग अभियान चलाइएको थियो । उक्त अभियानमा ध्वज बहादुर खाती, लक्ष्मण धामी, दिपक कडायत, मोति बहादुर बोहरा, धन बहादुर बिक, म...

भारतीय गजल गायक उदासकाे निधन

समाचार
धनगढी – भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ ।  भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासकाे निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो । भारतीय सिनेमा र पप सङ्गीतमा उनको योगदान धेरै रहेको पाइन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उदास चर्चित भएका थिए । उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए । उनको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ प्रख्यात  छन् । उनका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै प्रख्यात गीत छन् ।...

वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुग्न आज नेपाल र लेबनान खेल्दै

समाचार
धनगढी - वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ।  नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल र  लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् । ...

बझाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते

समाचार
बझाङ - बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  हिजो बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडिको टायर निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो। साँझ ६:३० बजे भएको दुर्घटनामा परी बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन्। उनीहरु दुवै जनाको  बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ। सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज