
धनगढी – कञ्चनपुरबाट कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट २ सय ८० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुरका २६ वर्षीय सुरज शाही सोमबार साँझ लागुऔषधसहित पक्राउ परेका हुन्।
प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

