Advertisement
Wednesday, April 30
Shadow

धनगढीमा जारी विद्यालय स्तरीय फुटबलको सेमिफाइनल समिकरण पुरा

Advertisement

धनगढी – धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको सेमि फाइनल समिकरण पुरा भएको छ । 

बुधबार क्वाटर फाइनलका ४ खेल सकिए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । 

सेमि फाइनल पुग्नेमा सिसिएस प्लस टु’ बी, त्रिनगर माध्यमिक बिद्यालय, होलिल्याण्ड इङ्लिस स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी रहेका छन् । 

धनगढी रगंशालामा सम्पन्न ४ क्वाटर फाइनल अन्तरर्गतका खेलबाट सो टिम सेमि फाइनल प्रवेश गरेका हुन् । सेमि फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेल अन्तर्गत सिसिएस प्लस टु’ बी ले धनगढीको वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको छ । 

वेस्टर्न क्रिस्टल एकेडेमी भने क्वाटर फाइनल बाटै बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको लोटस आई बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । यस संर्ग ला्टस आई प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको तेश्रो खेल अन्तर्गत होलिल्याण्ड बोर्डिङ स्कुलले धनगढी नमुना माध्यमिक बिद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनल यात्रा तय गरेको छ । 

होलिल्याण्डको सेमि फाइनल यात्रा संगै धनगढी नमुना माध्यमिक बिद्यालय क्वाटर फाइनलबाट बाहिरिएको छ । आजै सम्पन्न अन्तिम चौथो खेलमा धनगढीको एलायन्स इन्टरनेश्नल स्कुलले धनगढीकै सरस्वती माध्यमिक बिद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो सेमि फाइनल यात्रा तर गरेको छ । आजको खेलमा पराजित भए संगै सरस्वती माबीको सेमि फाइनल यात्रा रोकिएको हो ।

सेमि फाइनल चरणका २ खेल १८ गते बिहिबार हुने छन् । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज