Advertisement

Day: २०८० माघ १७, बुधबार २१:१८

डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा तोकियो

समाचार
डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र तोकिएको छ ।  गाउँपालिकाको हिउँदे अधिवेशनबाट आज बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका हुन् ।  विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन । सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो । तर, आजको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएको जनाइएको छ । टप्वाका पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत आएका थिए । त्यस्तै एक मत बदर भएको र एक जना अनुपस्थित रहेको बताइएको छ । ...

बाजुराबाट एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

समाचार
बाजुरा - बाजुरामा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट जगन्नाथ गाउँपालिका २ की ४५ वर्षिया राजु बिष्टको उद्धार गरिएको हो ।  बिष्टको रगतको मात्रै निकै कम भएकाले अप्रेशन गर्न जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनको राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निः शुल्क उद्धार गरिएको हो । उनले गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुन्निएको र हेमोगोलोबिन पनि कम भएकाले अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचार पछि उनलाई रेफर गरेको डाक्टर रञ्जितकुमार शाहले बताए ।  ...

धनगढीमा जारी विद्यालय स्तरीय फुटबलको सेमिफाइनल समिकरण पुरा

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको सेमि फाइनल समिकरण पुरा भएको छ ।  बुधबार क्वाटर फाइनलका ४ खेल सकिए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।  सेमि फाइनल पुग्नेमा सिसिएस प्लस टु’ बी, त्रिनगर माध्यमिक बिद्यालय, होलिल्याण्ड इङ्लिस स्कुल अत्तरिया र एलायन्स इन्टरनेश्नल स्कुल धनगढी रहेका छन् ।  धनगढी रगंशालामा सम्पन्न ४ क्वाटर फाइनल अन्तरर्गतका खेलबाट सो टिम सेमि फाइनल प्रवेश गरेका हुन् । सेमि फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेल अन्तर्गत सिसिएस प्लस टु’ बी ले धनगढीको वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको छ ।  वेस्टर्न क्रिस्टल एकेडेमी भने क्वाटर फाइनल बाटै बाहिरिएको छ । आजै भएको दोश्रो खेलमा त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको...

रास्वपाले २१ माघदेखि दबाब यात्रा सुरु गर्ने

समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको छ । २१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् । २२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने रास्वपाले टुंग्याएको छ । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।  सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ । ...

संशोधन गर्न बनेको विधेयक समितिमा

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।  आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो ।  भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेस गरेका थिए । यसैबिच, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधनसम्बन्धी प्रतिवेदन प्रदेश सभामा टेबुल गरिएको छ । समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गरेका हुन् । समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।  हाल प्रयोगमा रहेको प्रदेश लोगोमा नेपालको नक्सा ...

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

समाचार
कैलाली - बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ ।  नवलपुरमा बसको ठक्करबाट ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेका पौडेल घाइते भएका थिए । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।  उनी चितवनको भरतपुर महानगरपालिका –१७ बेलुवाका स्थायी बासिन्दा हुन्। पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।  उनी कांग्रेसको महासमिति सदस्यसमेत हुन् । बसचालक लमजुङ राइनस नगरपालिका–२ बराङखोला...
बयालपाटा अस्पतालको नीतिगतरुपमै समस्या समाधान गरिदै !

बयालपाटा अस्पतालको नीतिगतरुपमै समस्या समाधान गरिदै !

समाचार
धनगढी । अछामको साँफेबगरस्थित बयालपाटा अस्पतालको नीतिगत ब्यबस्था गरी समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय लागिपरेको जनाएको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति सार्बजनिक गर्दै सो कुरा बताएको हो।  न्याय हेल्थ नेपाल र प्रदेश सरकारको साझेदारीमा संचालनमा रहेको बयालपाट अस्पतालमा पछिल्लो समय केहि समस्या देखिएकोले मन्त्रालयले सुदूरपश्चिम सरकारसँग सो बिषय राखीसकेको र सम्बद्ध सबै पक्षसँग छलफल गरि समनोन्मुख रहेको मन्त्रालयका प्रवक्ता हेमराज खड्काद्वारा प्रेषित विज्ञप्तिमा जनाएको छ।  बयालपाटा अस्पतालका समस्यलाई सधैकालागि समाधान गर्न प्रदेश सरकार मातहत ल्याएर थप स्तरोन्नती र व्यबस्थित गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय लागिपरेको विज्ञप्तीमा जनाइएको छ । यसअघि मन्त्री झपटबहादुर साउदले पनि अछाममा रहेको  बयालपाटा अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने प...
सेतीमा सेवा प्रवाह सम्बन्धि सुझावका लागि क्यूआर कोडको व्यवस्था !

सेतीमा सेवा प्रवाह सम्बन्धि सुझावका लागि क्यूआर कोडको व्यवस्था !

समाचार
धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा प्रवाहसम्बन्धि सुझाव संकलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको छ । अस्पतालले सो सेवा बुधबारबाट सुरु गरेको हो । सेवा प्रवाह सम्बन्धि सुझाव,गुनासा भए उक्त कोड मार्फत सकरात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए । क्यूआर स्क्यान गर्दा सेवा सम्बन्धि फर्मेट आउने र सजिलै सुझाव दिन सकिने उनले बताए । उनले भने,‘नागरिकले सुझाव पेटिका मार्फत सुझाव दिँदा कार्यालय मै आउनु पर्ने हुन्थ्यो । त्यो झन्झटिलो हुन्थ्यो । अब सुझाव सल्लाह दिनुहुनेले जहाँबाट पनि क्युआर मार्फत सझाव दिन सक्नु हुन्छ ।’ ‘नागरिकबाट आएका सुझाव सल्लाहलाई लिएर हामी योजना बनाउँदै जान्छौँ ।’ उनले भने,‘क्युआर कोड मार्फत सकरात्मक सुझाव आउने अपेक्षा गरेका छौँ । जसले गर्दा हामीलाई सेवा सुधारका लागि योजना बनाउन सहज हुनेछ ।’...

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

समाचार
एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ । सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खान दम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो ।  राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सजाय सुनाएको थियो । सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । इमरान खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन् । पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो । उनलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ । इमरान खान गएको वर्षको अगस्टमा पक्राउ परेपछि उनलाई जेलमा राखिएको छ । प्रधानम...

धनगढी प्राधिकरणले काट्यो दुई सय ५३ ग्राहकको विद्युत् लाइन 

समाचार
धनगढी - नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ ।  धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।  विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ ।  लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु  एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको जनाइएको छ ।  वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।  एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले बताए ।...

धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-६ जाली स्थित वासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  स्कुटी र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...

एमालेको तीन दिने प्रशिक्षण सुरु

समाचार
काठमाडौं - नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ ।  मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाइने बताए ।  एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गर्ने ज्ञवालीले जानकारी दिए । एमालेबाट हरेक तहमा उम्मेदवार बन्न प्रमाणपत्र पेश गर्नुपर्ने कार्ययोजना बनाउने तयारी भएको ज्ञवालीले बताएका छन् ।  स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रमुख रहेको बताए । एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “सातै प्रदेशका स्कुल विभागहरू सञ्चालन गर्छौ, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गरी जनपरिचालन गछौँ ।”...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज