क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ
धनगढी: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले उनीहरुले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताउनुभयो । “यहाँ आएर उनीहरुले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उहाँले भन्नुभयो ।
एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष केसीले बताउनुभयो ।
कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको...


